रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित                
समाचार :

पाँच महिनादेखि तलव नपाएपछि तिलोत्तमाका स्वास्थ्यकर्मी आन्दोलित

तिलोत्तमा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुले पाँच महिनादेखि तलव नपाएपछि आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आज नगरपालिकामा ज्ञापनपत्र बुझाउँदै ७ दिनभित्र तलब खुवाउन अल्टिमेटम दिउका छन् । उक्त अवधिभित्र माग पूरा नभए भोक हड्ताल सुरु गरिने स्वास्थ्यकर्मीहरुको चेतावनी छ ।

स्वास्थ्यकर्मीहरुले नगरउपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाएका हुन् । तिलोत्तमा नगरपालिकामा ४५ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेकोमा अहिले ७८ जना कार्यरत छन् । दरबन्दी भन्दा बढी स्वास्थ्यकर्मी कार्यरत भएपछि संघीय सरकारले दरबन्दी अनुसारको मात्रै तलव पठाएको छ । त्यसमा पनि गत आर्थिक वर्षमा वृद्धि भएको १५ प्रतिशत तलव नपठाएको तिलोत्तमा–४ स्थित आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख इश्वरी पौडेलले बताए ।

तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाको पालामा प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गर्नेगरी ल्याएको योजना अनुसार तिलोत्तमाका १७ वटै वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएका थिए । ७ वटा स्वास्थ्य चौकीको मात्रै दरबन्दी रहेको तिलोत्तमामा १७ वटा स्वास्थ्य संस्था पुग्दा कार्यरत कर्मचारी ७८ जना पुगे । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले स्वास्थ्य मन्त्रालयले दरबन्दी बाहेकका कर्मचारीको तलव नपठाउँदा समस्या भएको बताए ।

यता स्वास्थ्यकर्मीहरुले भने आफुहरु स्थानीयमा समायोजन भएर आएकाले स्वास्थ्य मन्त्रालय नजान्ने बताए । “हामीले स्थानीय सरकार जान्ने हो, स्वास्थ्य मन्त्रालय हामीले जान्दैनौं, हामीले तत्काल पाँच महिनादेखिको तलव पाउनुपर्छ”–स्वास्थ्यकर्मी गणेश गौतमले भने ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित