३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

पुस्तक परिचर्चामा गायिका देविका बन्दनाको आत्मकथा ‘जित्नेको हाँसो’

बुटवल । गायिका देवीका बन्दनाको आफ्नो जीवन भोगाईको पुस्तक ‘जीत्नेको हाँसो’ को बुटवलमा परिचर्चा गरिएको छ । शनिवार बुटवलमा आयोजीत कार्यक्रममा बोल्दै पुर्वक्यान्सर संक्रमित समेत रहेकी बन्दनाले आफुले क्यान्सरलाई सहज रुपमा जित्नको लागि आत्मबल नै सबैभन्दा ठुलो औषधी भएको भन्दै अन्यक्यान्सर प्रभावितहरुलेपनि सोही अनुसार आफ्नो आत्मबललाई कहिले पनि कमजोर नठानेर आगी बढ्नका लागि आग्रह गरेकी थिईन ।

सोही कार्यक्रममा तेस्रोलिंङ्गी अभियान्ता तथा क्यान्सर जितेकी आनिक रानाले पनि आफुले पनि घाँटीको क्यान्सरलाई सहज रुपमा जित्नको लागि आत्मबल नै सबैभन्दा ठुलो शक्ति भएको बताएकी थिईन । कार्यक्रममा पुस्तक माथि परिचर्चा गर्दै विश्लेषक ऋषि आजादले आख्यानकारको रुपमा आत्मवृतान्त पुस्तकमा कोरिएको पहिलो प्रयास नै सफल भएको बताएका थिए । उनले क्यान्स जस्तो कुरालाई सहज रुपमा जित्नको लागि गायिका बन्दनाले गरेको गरेको सकारात्मक चिन्तनको विषयमा गरेको प्रयास सकारात्मक भएको बताएका थिए ।

कार्यक्रममा जित्नेको हाँसो को लेखक चिरन बराल, अग्रेजी सस्करण लेखक माधव पौडेल, बुटवल उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष ,जीवन वझा , नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल लगायतले शुभकामना दिएका थिए । बुकहिल प्रकाशन बाट बजारमा प्रकाशित भएको पुस्तक विक्रिबाट आएको रकम क्यान्सर प्रभावितहरुको सेवामा खर्च गर्ने गरी योजना बनाइएको गायिक देवीका बन्दानले बताएकी छिन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित