दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बाट जजिराले १५ मे देखि फेरि उडान सुरु गर्ने

बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बाट जजिरा एयरलाइन्सले रोकेको उडान मे १५ गते देखि गर्ने भएको छ । कुबेत–भैरहवा उडान गरिरहेको यो एयरलाइन्सले करिब ३ हप्तादेखि उडान रोकेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुल जजिराले १५ मेदेखि फेरि उडान सुरु गर्छु भनेको बताए ।
अहिले रातमा उडान गर्दा विमामनस्थलमा ओभर टाइम दिएर ड्युटी लगाउँदा सञ्चालन खर्च बढेकाले बिहानको समयमा सार्न अनुरोध गरेपछि त्यसकै व्यवस्थापनका लागि जजिराले उडान रोकेको उनले बताए ।

जजिराले यसअघि एक हप्ताअघिदेखि नै उडान सुरु गर्ने बताएपनि प्राविधिक कारण देखाएर उडान गरेन ।

जजिराले यसअघि हप्तामा तीन दिन मंगलबार, बिहीबार र शनिबार नियमित उडान गर्दै आएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित