३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

आगोलागीमा परी मृत्यु भएका ४ जनाको सामुहिक अन्त्यष्टि

अर्घाखाँची । अर्घाखाँचीमा आगोलागीमा परि मृत्यु हुने ४ जनाको एकै घाटमा सामुहिक अन्त्यष्टि गरिएको छ।
भुमिकास्थान नगरपालिका वडा नम्बर २ निवासी मृतक ३५ बर्षिय पदम बेल्बासे ,७२ बर्षिय पिताम्बर भुसाल,५२ बर्षिय घनश्याम बेल्बासे,३६ बर्षिय माधब बेल्बासेको बिहिबार दिउँसो खाकावेसी खोलाको बागमारे घाटमा सामुहिक रुपमा अन्तिम दांहसंस्कार गरिएको हो।
पदम बेल्बासे ,पिताम्बर भुसालको पाल्पाबाट रिफर गरि काठमाडौं लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो भने घनश्याम बेल्बासे र माधब बेल्बासेको कृर्तिपुर अस्पताल काठमाडौमा उपचारको क्रममा मृत्यु भएको थियो।
घाईते २५ बर्षिय संगिता बेल्बासेको पाल्पा मिशन अस्पतालमा उपचार भैरहेको छ । उपचार गर्न काठमाडौं लैजाने क्रममा मृत्यु भएका २ जना र काठमाडौंको कृर्तिपुर अस्पतालमा उपचारको क्रममा ज्यान गुमाएका २ जना गरि ४ जना मृतकलाई बिहिवार बिहान आफ्नो घरमा ल्याईपुराएपछि उनिहरूको सामुदायिक अन्त्यिष्ट गरिएको हो । मृतकका घरपरिवारलाई जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनही ५० हजारका दरले राहत उपलब्ध गराएको छ । यस्तै भुमिकास्थान नगरपालिकाले पनि मृतकका घरपरिवारलाई जनही ५० हजारका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ । आगोलागीमा परि मृत्यु भएका ४ जनाको अन्तिम सामुदायिक दांहसंस्कारका लागि बिहिबार दिउँसो खाकावेसी खोलाको बागमारे घाटमा १ हजार भन्दा बढि नागरिकको सहभागीता रहेको थियो । यति बेला भुमिकास्थान २ ढाकावाङ गाउँ मात्र होईन यस्तो अपत्यारिलो घटना जिल्लाको पहिलो घटना भएकाले सिङ्गो जिल्लानै शोकाकुल भएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित