बुटवलमा जेन जी पुस्ताको प्रदर्शन प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य                
समाचार :

बुटवलको सुखौरा खोला सरसफाई अभियान

बुटवल । बुटवल उपमहानगरपालिकाले सुखौरा खोलाको सरसफाइ अभियान चलाएको छ । खोलामा फोहोरका कारण दुर्गन्ध फैलिएको, डेंगुजस्ता रोग फैलिएको भन्दै बुटवल उपमहानगरपालिकाले वडा नं ४, ६, ७ र ८ मा पर्ने सुखौरा खोला सरसफाई अभियान थालेको हो ।
अभियानको शुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलका खोलानालामा फोहोर फाल्ने प्रवृत्ति बढ्दै गएको र यसले दुर्गन्ध र रोगव्याधी फैलाएकोले सरसफाइ अभियान चलाइएको बताए ।
उनले सुखौरा खोला सफाइ गरेपछि बसपार्क र मुख्य सडकहरु सफा गर्ने अभियान चलाइने बताए ।


प्रमुख पाण्डेयले सार्वजनिक स्थल र खोलानालाहरुमा फोहोर नफाल्न आह्वान गर्दै आफुले गरेको फोहोर आफै व्यवस्थापन गर्नुपर्ने बताए ।
कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष नरिश्वर पौडेलले खोलाक्षेत्रमा फोहोर फाल्नेलाई कानुनबमोजिम कारबाही हुने बताए ।
फोहोर व्यवस्थापन शाखाका प्रमुख ठगिश्वर पोखरेलले बुधबारदेखि ३ दिनसम्म हरेक दिन बिहान ७ बजेदेखि खोला क्षेत्रको सरसफाई शुरु हुने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित