उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न                
समाचार :

रुकुम पश्चिमकी सिर्जनालाई ‘राष्ट्रिय युवा प्रतिभा सम्मान’

‘सोलो ट्राभलर’ सिर्जना सिज्जु ‘राष्ट्रिय युवा प्रतिभा सम्मान’का लागि छानिएकी छन् । युवा तथा खेलकुद मन्त्रालयले उनलाई पर्यटन प्रवर्द्धनमा योगदान गरेकोमा पुरस्कृत गरेकाे हाे ।

रुकुम पश्चिमको सानोभेरी गाउँपालिका-११, अर्माकी उनको वास्तविक नाम सिर्जना वली हो । चार वर्षयता कर्णाली घुमेर २५ वर्षीया सिर्जनाले त्यहाँको भूगोल, जनजीवन, ल्याण्डस्केप विभिन्न माध्यमबाट देखाउँदै आएकी छन् । उनको भ्रमण र तस्वीरमा एउटा सन्देश हुने गर्छ- कर्णाली गरिब मात्र छैन, प्रकृति र संस्कृतिले समुन्नत अनि सुन्दर पनि छ ।

मन्त्रालयले प्रदान गर्ने सम्मानका लागि सिर्जनासहित १० जना छनोट भएका छन् । कृषितर्फ हिराबहादुर घर्ती र चन्द्रबहादुर बस्नेत, वातावरण संरक्षणतर्फ हिरुलाल डंगौरा, युवा सशक्तीकरण र नेतृत्व विकासका लागि भावना भट्ट र दिवाकर अर्याल छानिएका छन् । यसैगरी, पर्यटन प्रबर्द्धनका लागि वि विल राइज फाउण्डेसन, समाजसेवाका लागि शौरभ रिमाल, विज्ञान तथा प्रविधिका लागि दीपेन्द्र नेपाली र स्वास्थ्य सेवाका लागि डा. राम थापा क्षेत्री छनोट भएका छन् ।

उनीहरूले आर्थिक वर्ष २०७९/०ं८० का लागि राष्ट्रिय युवा प्रतिभा सम्मान पाएका हुन् । मन्त्रालयले गत वर्ष भदौ ८ गते सूचना प्रकाशित गरी विभिन्न क्षेत्रका लागि आवेदन मागेको थियो । राष्ट्रिय युवा प्रतिभा सम्मान कार्यविधि, २०७२ अनुसार मूल्याङ्कन भई यी नामहरू छानिएको मन्त्रालयले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित