उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न                
समाचार :

बुटवलको ह्वाईटरोज एकेडेमीका सञ्चालकले ७० लाख नतिरेको गुनासो

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ४ मा अवस्थित ह्वाईट रोज एकेडमी बोर्डीङ्ग स्कुलले आफूलाई तिर्नुपर्ने ७० लाख रकम नतिरेको भन्दै बुटवल उपमहानगरपालिका वडा नम्बर–६ का रोमलाल भुसालले गुनासो गरेका छन् । वि.स. २०७५ साल पुस महिनादेखि बैशाख महिनासम्ममा पटक–पटक नगद र चेक मार्फत ह्वाईट रोज एकेडमीका सञ्चालक विनोद ज्ञवालीलाई भुषालले ७० लाख रुपैयाँ दिएका थिए । उनले आफूलाई एकेडमीको शेयर सदस्य बनाउने भन्दै भवन निर्माणको लागि रकम लगेको तर हालसम्म पनि उक्त रकम भुक्तानी नगरेको कारण अन्यायमा परेको बताएका छन् ।

भुषालले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी एकेडमीबाट १० लाख रुपैयाँ मात्रै फिर्ता पाएको तर अन्य रकम ५ वर्षसम्म पनि नपाएको भन्दै आफू अन्यायमा परेको गुनासो गरेका हुन । ज्ञवालीले स्कुलको सेयर सदस्य बनाउन नखोजेको र पटक–पटक रकम दिने भनेर भाका सार्दै आएको गुनासो गरे । हाल ज्ञवाली एकाएक सम्पर्क बिहीन भएपछि आफू मिडीयामा आउन बाध्य भएको उनले बताए । एकेडमीमा हाल २ जना सञ्चालक रहेकोमा मुख्य सञ्चालक विनोद ज्ञवालील भने फरार रहेका छन् । उनीसँगै सञ्चालक रहेकी संगीता देवी शर्माले अहिले विद्यालय सञ्चालन गरिरहेकी छन् ।

समाचार स्रोतका अनुसार विद्यालयको आर्थिक अवस्था कमजोर भएको भन्दै बंैकले विद्यालय नै लिलामी निकाल्ने समेत तयारी गरिएको पाइएको छ । विद्यालयमा हाल २ सय बढी विद्यार्थी रहेका छन् । कक्षा १० सम्म अध्यापन गराउँदै आएको विद्यालयका सहायक प्रधानाध्यापक तथा सञ्चालक समेत रहेकी संगीता देवी शर्माले आफ्नो विद्यालयले रोमलाल भुषालबाट कुल ७५ लाख रकम लिएको र त्यो बापत केही व्याज समेत दिएको बताईन । हाल ५१ लाख रुपैयाँ भुसाललाई दिन बाकी रहेको बताउँदै उनले विभिन्न समयमा करिब २२ लाख रकम ब्याजसहित फिर्ता गरेको उल्लेख गरिन् ।

उनले भनिन् ‘पैसा लिएको हो हामी २ जना पार्टनर भएको र एकजना सम्पर्क बिहीन भएकाले मेरो हिस्सामा रहेको आधा रकम मेरो जग्गाको फुकुवा हुँदा वित्तीकै बेचविखन गरी तिर्ने छु, बाँकी मेरो पार्टनर अहिले सम्पर्कमा हुनुहुन्न, म नै ठूलो समस्यामा रहेको छु ।’ उनले विद्यालयले लिएको रकम र नीज भुषाललाई प्रदान गरेको रकमको विवरण सबै आफूसँग सुरक्षित भएको भन्दै जग्गा बेच विखन गरेर वा अन्य विभिन्न स्रोतबाट रकम जम्मा गरेर उक्त रकम भुक्तानी गर्ने प्रतिवद्धता समेत जनाईन ।

पीडित भनिएका भुषालसँगै सञ्चालकद्वय विनोद ज्ञवाली र संगीतादेवी शर्माले दुई वटा तमसुख गरी कुल ६३ लाख ३५ हजार रुपैयाँ लिएको तमसुक गरेका छन् । उक्त तमसुक वडा कार्यालयबाट समेत प्रमाणित गरिएको छ । ग्लोवल आवाज बाट

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित