लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

बुटवल-पाल्पा सडक खुल्यो, मृतक पन्तका परिवारसहित दुई पक्षको वार्ता बस्दै

बुटवल । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल-पाल्पा सडक मँगलबार दिउसो ३ घण्टा बन्द भएर खुलेको छ । सोमबार तिनाउ-३ झुम्सामा सडक दुर्घटनामा परी ज्यान गुमाएका ३२ वर्षीय जीवन पन्तका आफन्तले विभिन्न माग राख्दै सडक बन्द गराएका थिए ।

मृतकका परिवार, जिल्ला प्रशासन कार्यालय पाल्पा र गण्डकी ट्रक यातायात व्यवसायी समितिका प्रतिनिधि बीच अहिले साँझ वार्ता हुँदै गरेको हो । वार्ताबाट सहमतिमा जाने सर्त अनेसार अवरुद्ध सडक खुलाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए । सडक सूचारू भएसँगै बाटोमा रोकिएका सवारीहरु गन्तव्यतर्फ लागेका छन् ।

मँगलबार बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु १ क २६१४ नम्बरको टिपरले विपरित दिशाबाट आउँदै गरेको लु ४४ प ५८०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक ३२ वर्षीय पन्तको मृत्यु भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित