रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित                
समाचार :

एभरेष्ट माविद्वारा रक्तदान कार्यक्रम

बुटवल। बुटवल–सुख्खानगरमा अवस्थित एभरेष्ट मा।वि। मा रक्तदान कार्यक्रम भएको छ ।
विश्व रेडक्रस दिवसको अवसर पारेर एभरेष्ट युवा सर्कलद्वारा आयोजित उक्त कार्यक्रममा ५८ जनाले रक्तदान गरेका थिए । एभरेष्ट युवा रेडक्रस सर्कलका अध्यक्ष बिधाता थापाको अध्यक्षता तथा विद्यालय सञ्चालक समितिका अध्यक्ष गमप्रसाद रेश्मीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बुटवल उपशाखाका सचिव लोकनाथ पाण्डे, स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान, विद्यालयका सह–प्राचार्य भीमसेन गौतम, संयोजक शिक्षक नायक अशोक ज्ञवाली लगायतले रगतको महत्वका बारेमा आआफ्ना भनाई राखेका थिए ।
कार्यक्रममा स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहानले मानवजीवनको रक्षा गर्ने महान कार्यमा योगदान पु¥याउने सम्पूर्ण रक्तदाताहरुको प्रशंसा गरेका थिए भने नेपाल रेडक्रस सोसाइटी बुटवल उपशाखाका सचिव लोकनाथ पाण्डेले उक्त कार्यक्रमको उच्च प्रशंसा गर्दै रक्तदाताहरुको मानव सेवाप्रति निस्वार्थ भावको सराहना गरे । यसैगरी कार्यक्रममा प्राचार्य कृष्ण न्यौपानेल धन्यवाद दिनु भएको कार्यक्रमको संचालन शिक्षक माधव पौडेलले गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित