लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

लुम्विनी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. नहकुल केसी नियुक्त

लुम्विनी प्रदेश सरकारले लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा नहकुल केसीलाई नियुक्त गरेको छ। उपाध्यक्षमा नियुक्त केसी स्थानीय शासन विज्ञ हुन।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले स्थानीय विकास विज्ञ डा. केसीलाई प्रदेश योजना आयोजनाको उपाध्यक्षमा नियुक्त गरेको सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले बताए।

लामो समयदेखि स्थानीय विकासको क्षेत्रमा क्रियाशील डा. केसी ग्रामीण तथा स्थानीय विकासमा विद्यावारिधि गरेका छन्।

गरिबी निवारण कोषको पूर्व कार्यकारी निर्देशक रहेका केसी अफगानिस्थानमा विकाससंग जोडिएर दशक वढी काम गरेका थिए। केसी तुलसीपुर उपमहानगरपालिका नगरपालिका वडा नं ६ को स्थायी बासिन्दा हुन्।

मुख्यमन्त्री अध्यक्ष रहने आयोगमा ५ सदस्य समिति रहने गर्दछ। जसमा उपाध्यक्ष र चार जना सदस्य मुख्यमन्त्रीले नियुक्त गर्ने प्रावधान रहेको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित