
लुम्बिनी । बुद्धका उपदेशको अनुशरणले नै मूलुक शान्तिमय र समृद्ध हुने बौद्ध विज्ञहरुले बताएका छन्। सबै वर्गसमुदायबीच समन्वय र मिलाप कायम हुने थुप्रै उपदेश बुद्धले दिएको भन्दै वक्ताहरुले त्यस्ता उपदेशलाई विश्वव्यापीबनाउनुपर्ने जरुरी रहेकोमा जोड दिए ।
लुम्बिनी बौद्ध विश्वविद्यालयले २५६७ औं बुद्ध जयन्तीको अवसरमा बिहिबार लुम्बिनीमा आयोजना गरेको ‘समृद्धिकालागि शान्ति ः सम्बुद्ध’ विषय परिसंवाद कार्यक्रममा बोल्दै वक्ताहरुले बुद्धका उपदेशको अनुशरणमा जोड दिएका हुन।
कार्यक्रममा बोल्दै लुम्बिनी विकास कोषका उपाध्याक्ष भिक्षु मेत्तेयले बर्ग समन्वयबाट शान्ति कायम हुने उपदेश बुद्धलेदिएको बताए । विश्वका मुलुकहरुमा वर्गीय संघर्षका क्रान्तिहरु भए पनि त्यसले मात्रै शान्ति र स्थायीत्व हुन नसक्नेभन्दै बर्ग समन्वयबाटै शान्ति र समृद्धि हुन सक्ने बताए । कम्बोडियाको द्वन्द्व र हालको अवस्थाको चित्रण गर्दै उनलेहाम्रो मुलुकको समृद्धिका लागि पनि बुद्धले भनेजस्तै बर्गीय समन्वयको आवश्यकता रहेको बताए ।
बुद्ध जयन्ती बुद्धको जन्म, बुद्धत्व र महापरिनिर्वाण गरी त्रिसंयोग भएको भन्दै उनले यो समयमा बुद्धका उपदेश अनुसरणगर्दै बुद्धलाई सम्झिनुपर्ने बताए । बौद्ध विश्वविद्यालयले प्राज्ञिक छलफलबाट बुद्धका उपदेश प्रद्धर्वन गरेकोमा उनलेप्रशंसा गरे ।
सो अवसरमा बोल्दै बौद्ध विश्वविद्यालयका निमित्त उपकुलपति एवं रजिष्ट्रार डा. तिलक आचायले बुद्धका उपदेशकोअनुशरण तथा प्रवद्र्धनबाटै समृद्धि हासिल हुने बताए । थाइल्याण्डको धम्मकाय विश्वविद्यालयले गरेका कार्यहरुकोस्मरण गर्दै उनले लुम्बिनी बौद्ध विश्वविद्यालयले बुद्ध संस्कृति, दर्शनको खोजमार्फत प्राज्ञिक कार्य गर्दै आइरहेको बताए।
‘अवको दशक ः प्राज्ञिक र सृजनात्मक अभियानका साथ प्राज्ञिक कार्यलाई शान्ति र समृद्धिसंग जोडरविश्वविद्यालयले काम गरिरहेको छ, उनले भने, –‘बुद्धका उपदेशको अनुशरणले शान्ति र स्थायित्वमा महत्वपूर्ण टेवापुग्छ । त्यसमा जोड दिएका छौं ।’ बुद्ध जयन्तीलाई प्राज्ञिक दृष्टिकोणबाट फरक शैलीले मनाउनुपर्ने उनले बताए । बुद्धजयन्तीका अवसरमा अन्तर्राष्ट्रिय सम्मेलन गरेर लुम्बिनीबाट शान्तिको सन्देश विश्वभर पु¥याउन जरुरी देखिएको उनलेबताए ।
विश्वविद्यालयका बौद्ध अध्ययन संकायका डिन डा. माणिकरत्न शाक्यले नेपालमा वि.स. २०१३ सालबाट बुद्धजन्यन्तीमनाउन थालिएको भन्दै बुद्ध जयन्तीका सन्दर्भमा एकरुप धारणा भइनसकेको बताए । बिभिन्न मुलुकहरुमा बुद्ध जन्म रमृत्युको मितिलाई आधार माने बुद्ध जयन्ती मनाउने गरिएको भन्दै उनले बुद्ध पूर्णिमा जन्ममात्रै नभएर त्रिसंयोग रहेकोबताए ।
अनुसन्धान केन्द्रका निर्देशक प्रा.डा. गितु गिरीले बुद्धजयन्तीलाई लुम्बिनी क्षेत्रका समुदायसहितको अपनत्व दिएरमनाउन सकिने बताए । उनले दर्शन, संस्कृतिको खोज अनुसन्धानले नै बुद्धलाई जीवन्त बनाइरहने भन्दै रहेक नागरिकमाबुद्ध उपदेश पु¥याउने गरी अनुसन्धान केन्द्रले काम गरिरहेको बताए ।
कार्यक्रममा अनुसन्धान केन्द्र सञ्चालक समितिका सदस्या प्रा.डा. भोजराज कडेरिया, विश्वविद्यालयका परीक्षानियन्त्रक इन्द्र काफ्ले, उपप्राध्यापक डा. ङिमा शेर्पा, दयानिधि गौतम, पर्यटन व्यवसायी लिलामणि शर्मा लगायतलेबोल्दै शान्ति र समृद्धिका पक्षमा रहेका बुद्धका उपदेशहरुको चर्चापरिचर्चा गरे ।
कार्यक्रममा केन्द्रीय क्याम्पसले प्रकाशन गरेको लुम्बिनी प्रभा जर्नलको बिमोचन गरिएको छ । विश्वविद्यालयले बुद्धजयन्तीको पूर्वसन्ध्यामा प्रज्ञाप्तुपा परिसरमा बौद्ध पुजा तथा दीप प्रज्ज्वलन गरेको छ ।