जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी?                
समाचार :

रोहिणी–४ छिपागढमा हाईमास्ट लाइट जडान भएपछि स्थानीय खुसी

भैरहवा। रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ४ स्थित छिपागढमा हाईमास्ट लाइट (सडक बत्ती) जडान भएको छ । जडान भएको उक्त लाईटको बुधबार रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले उद्घाटन गरेका छन् ।

यसअघि रोहिणी–३ स्थित धकधई र बैकुण्ठपुरमा हाईमास्ट लाइट जडान भइसकेको गाउँपालिका अध्यक्ष यादवले जानकारी दिए ।
‘उज्यालो रोहिणी’ बनाउने अभियान अन्तर्गत लाईट जडान गरिएको उनले बताए । गाउँपालिकामा भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा काम अघि बढेको उनले बताए । ‘जनताको चाहना तथा सल्लाह सुझाव अनुसार जनताको साथ सहयोगले अघि बढेका छौं, ’उनले भने ।

हाईमास्ट लाइट जडान भएपछि रोहिणी–४ का स्थानीयबासीले खुसी व्यक्त गरेका छन् । उनीहरुले गाउँपालिका अध्यक्ष यादवको नेतृत्वमा राम्रो काम भएको भन्दै प्रशंसासमेत गरेका छन् ।

के भन्छन् स्थानीय ?

जय माँ काली युवा क्लब रोहिणी–४ का अध्यक्ष अमरनाथ पाण्डेले गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवको अगुवाइमा राम्रो काम भएको बताए । उनले उज्यालो रोहिणी बनाउने संकल्प पूरा हुने विश्वास व्यक्त गरे । उनले भने, ‘हाईमास्ट लाइट जडान भएपछि दुर्घटना न्यूनीकरण हुन्छ, रातीको समयमा यात्रामा समेत सहयोग पुग्छौं । राम्रा काममा हामी सहयोग गर्छौं ।’

स्थानीय मोहम्मद रजा पठानले हाईमास्ट लाइट जडान भएपछि ‘उज्यालो रोहिणी’ बनाउने अभियानमा सहयोग पुगेको बताए । उनले भने,‘राम्रो काम भएको छ ।’

स्थानीय रामकिसुन यादवले हाईमास्ट लाइट जडान भएपछि अब दुर्घटना न्यूनीकरण हुने बताए । उनले पैदलयात्रीलाई पनि सहज भएको बताए । उनले भने, ‘लाईट जडान भएपछि अब फाइदा हुने भएको छ, यो राम्रो कार्य हो, गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादव र सबैलाई धन्यवाद दिन चाहन्छु । ’

त्यस्तै समाजसेवी तथा रोहिणी–४ का संजय गुप्ताले भैरहवा–परासी सडकखण्ड अन्तर्गत छिपागढमा हाईमास्ट लाइट जडान हुनु विकासको नमूना भएको बताए । उनले भने, ‘छिपागढ रोहिणीको मुटु हो । सुरक्षाको दृष्टिकोणले पनि यो लाइट महत्वपूर्ण छ ।’

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित