
नेपाल भारत–सीमा आजदेखि बन्द हुने भएको छ । रुपन्देही जिल्लासँग जोडिएको बेलहिया सहितका सीमा नाका आज मध्यरातदेखि बन्द हुन लागेको हो ।
भारतको उत्तर प्रदेशमा २१ गते बिहिबार हुने निर्वाचनलाई लक्षित गरी नेपाल–भारत सीमा ४८ घण्टा (तीन दिन) का लागि बन्द गर्न लागिएको हो ।
उत्तर प्रदेशको नगर निकाय निर्वाचन (स्थानीय निर्वाचन) दुई चरणमा हुनेछ । पहिलो चरण बिहीबार हुँदै छ भने दोस्रो चरण मे ११ मा हुँदै छ । मतगणना भने मे १३ मा हुनेछ । पहिलो चरणमा महाराजगन्ज जिल्लामा मतदान हुनेछ ।