रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित                
समाचार :

बुटवलको सप्तदिप बहुउदेश्यीय सहकारी पनि डुव्यो, संचालकहरु कार्यालय बन्द गरि सम्पर्क बिहिन

बुटवल । सदस्यहरुले बचत रकम फिर्ता माग्न थालेपछि सप्तदिप बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका संचालकहरु सहकारीको कार्यालय बन्द गरि सम्पर्क बिहिन भएका छन् ।
कार्यालयमा कुनै पनि सुचना नटांसी सम्पर्क बिहिन भएको सहकारीका बचतकर्ताहरुले बताएका छन् ।
विगत १५ दिनदेखि कार्यालयमा ताला लगाएर संचालकहरु सम्पर्कविहिन भएपछि सदस्यहरुले सोमबार कार्यालय अगाडी धर्ना दिएका थिए ।
दैनिक रुपमा बचत गर्दै आएको पैसा नपाएपछि धर्ना दिएको बचतकर्ता लक्ष्मी मल्लले बताईन । सानो व्यवसायबाट जम्मा गरेको रकम सहकारीमा बचत गर्दै आएपनि संचालकहरु नै सम्पर्क विहिन भएपछि विचल्लीमा परेको मल्लले बताईन ।
अर्का बचतकर्ता सिता घिमिरेले बचत रकम फिर्ता गर्ने भन्दै संचालक समितिले टोकन दिएको र सोहि टोकन लिएर सहकारीमा जांदा कार्यालयमा ताला लगाईएको बताईन । कार्यालयका कर्मचारी फर्सुराम ढकालले कार्यालयका विषयमा आफुलाई धेरै जानकारी नभएको बताए । संचालकहरु सम्पर्क विहिन भएपछि पचास हजार देखि पांच लाखसम्म बचत गरेका बचतकर्ताहरुले इलाका प्रशासन कार्यालय अगाडी समेत धर्ना दिएका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित