उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न                
समाचार :

ज्येष्ठ नागरिकले लुम्बिनी भित्र विद्युतीय सवारीमा नि:शुल्क यात्रा गर्न पाउँने

लक्ष्मी बैंकका कर्मचारीद्वारा स्थापित तथा सञ्चालित गैरसरकारी संस्था लक्ष्मी केयर्सले लुम्बिनी सम्पदा क्षेत्र परिसरमा प्रयोगका लागि दुई थान विद्युतीय सवारी प्रदान गरेको छ।

यो सवारी साधनहरु ज्येष्ठ नागरिक, फरक ढंगले सक्षम लगायतका धर्मावलम्बी तथा पर्यटकहरुलाई लुम्बिनी सम्पदा क्षेत्र परिसरभित्र नि:शुल्क यात्राको लागि प्रयोग हुनेछ।

आउँदो बुद्व जयन्तीको अवसरमा लुम्बिनी भ्रमणमा आउने धर्मावलम्बीहरुको सुविधालाई ध्यानमा राख्दै यो विद्युतीय सवारीहरु प्रदान गरिएको हो।

लुम्बिनीमा आयोजित एक कार्यक्रमका बीच विद्युतीय सवारीहरु लक्ष्मी केयर्सका अध्यक्ष अनुप श्रेष्ठ र पूर्व अध्यक्ष तथा सल्लाहकार शिशु जोशीले संयुक्त रुपमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय शाक्यपुत्तलाई हस्तान्तरण गरेका छन्।

कार्यक्रममा लुम्बिनी विकास कोषका कार्यकारी सञ्चालक समितिका सदस्यहरु तथा लक्ष्मी केयर्सका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो।

लक्ष्मी केयर्सले गत २०७९ चैत १८ गते काठमाडौंमा आयोजना गरेको अरेन्ज भाइब्स, २०२३ सागिंतिक कार्यक्रममा संकलित रकमबाट उपरोक्त विद्युतीय सवारीहरु सहयोग प्रदान गरेको हो।

लक्ष्मी बैंकले विभिन्न सामाजिक कार्यमा सदुपयोग गर्नका लागि रकम संकलन गर्ने उद्देश्यले विविध कार्यक्रमहरुको आयोजना गर्दै आएको छ।

लक्ष्मी केयर्सले नवीकरणीय उर्जा प्रवद्र्वन, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा बालिका शिक्षा कार्यक्रम लगायतका विभिन्न क्षेत्रमा सामाजिक कार्यहरु सञ्चालन गर्दै आइरहेको छ।

विगतमा लक्ष्मी केयर्सले बागमती पुल, पाटन दरबार क्षेत्र, भद्रकाली–सिंहदरबार सडक, बाराको गढिमाई मन्दिर, बनेपाको चण्डेश्वरी मन्दिर परिसरलगायतका स्थानहरुमा सौर्य बत्ती जडान गर्नुका साथै विभिन्न स्थानमा वृक्षरोपण कार्यक्रम तथा देशभर विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत आर्थिक रुपले विपन्न तथा जेहेन्दार छात्राहरुलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित