लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालको अध्यक्षमा बुटवलका नारायण लेकाली

राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालको तेस्रो महाधिवेशन नयां नेतृत्व चयन गर्दै बुटवलमा सम्पन्न भएको छ। सनिवारदेखि सुरु भएको महाधिवेशन नयांव नेतृत्व चयन गर्दै आईतबार सम्पन्न भएको हो। महाधिवेशनले बुटवलका नारायण खनाल लेकालीको अध्यक्षतामा ३१ सदस्यीय नयां नेतृत्व चयन गरेको छ। जसको वरिष्ठ उपाध्यक्षमा प्रेम अधिकारी, महिला उपाध्यक्षमा सावित्री त्रिपाठी, खुल्ला उपाध्यक्षमा भुला प्रसाद भण्डारी र महासचिवमा खगेन्द्रराज पराजुली निर्वाचित भएका छन्।
त्यसैगरि उपमहासचिवमा नारायण प्रसाद भुसाल, सचिवमा प्रशासनिक तर्फ भरतन्द्र गौतम र सांगठनिकतर्फ टिकाराम लुईटेल निर्वाचित भए भने कोषाध्यक्षमा सरला पाण्डे र सहकोषाध्यक्षमा तारा थापा निर्वाचित भए। नवनिर्वाचित अध्यक्ष लेकालीले हराउंदै पुराना र मौलिक संस्कृतिको रुपमा रहेका भजन तथा चुड्काहरुको संरक्षण गर्दै यसको संरक्षणमा लागेका सर्जग तथा कलाकारहरुको हक हित र अधिकारको पक्षमा काम गर्ने बताए।

नेपालको पुरानो र मौलिक संस्कृतिको रुपमा रहेको भजन तथा चुड्काहरुको संरक्षण गर्दै नयां पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले २०६७ सालमा प्रतिष्ठानको स्थापना गरिएको थियो। सर्जग तथा लोक गायक प्रजापती पराजुली संस्थापक अध्यक्ष रहेको प्रतिष्ठानमा हाल ५१६ जना आजिवन र ४ सय साधारण सदस्य रहेका छन्। महाधिवेशनको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेनाले सनिवार उद्घाटन गरेका थिए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित