रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित                
समाचार :

बुटवल उपमहानगरपालिकाद्वारा इरिक्सा तथा टेम्पो चालक महिलाहरुलाई सम्मान

बुटवल । बुटवल उपमहानगरपालिकाले इरिक्सा तथा टेम्पो चालक महिलाहरुलाई सम्मान गरेको छ ।
अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर बुटवल उपमहानगरपालिकाले नगरमा दर्ता भएर सञ्चालनमा रहेका ३५ जना चालक महिलालाई सम्मान गरेको हो ।
आइतबार बुटवल उपमहानगरपालिकामा आयोजित कार्यक्रममा सम्मान गर्दै नगर प्रमुख खेलराज पाण्डेयले आगामी आर्थिक वर्षदेखि महिला चालकहरुका इरिक्सा र टेम्पोबाट लिइने करमा छुट दिने बताए ।
पाण्डेयले इरिक्सा र टेम्पो चालक महिलाको बीमा गर्ने गरी तयारी गरिरहेको बताउँदै बुटवलमा महिलाहरुलाई प्रोत्साहन गर्नका लागि महिला चालक जनशक्ति उत्पादनमा आगामी वर्षदेखि लगानी गर्ने बताए ।
उनले बुटवलमा इरिक्सा र टेम्पो चालक महिलाहरु स्वरोजगार बनेको र यसले बुटवलको प्रतिष्ठा बढाएको बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनाल, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख कृष्ण प्रसाई, राजस्व प्रशासन शाखाका प्रमुख डोलराज पौडेल, उपभोक्ता हित संरक्षण मञ्च बुटवलका समुन्द्र जिसी, रिक्सा व्यवसायी प्रकाश खनाल, रिक्सा चालक महिलाहरु सुशीला अर्याल, मीना नेपालीलगायतले बोलेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित