३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

आफ्नै श्रीमतीको हत्या गरी लुकी बसेका व्यक्ति १८ वर्षपछि पक्राउ

आफ्नै श्रीमतीको हत्या गरी लुकी बसेका एक व्यक्ति १८ वर्षपछि पक्राउ परेका छन् । केन्द्रीय प्रहरी अनुसन्धान ब्युरोले रुपन्देहीको हालको सैनामैना नगरपालिका दुधराक्षका गोपाल दर्जी भन्ने खुमे दर्जीलाई पक्राउ गरेको हो ।

उनले मादक पदार्थ सेवन गरेको विषयमा विवाद हुदाँ २०६१ मंसिर २४ गते चिर्पटले हानेर ४० वर्षीया राधिका दर्जीको हत्या गरेका थिए । राधिका दर्जीकी तेस्री श्रीमती थिइन् ।

तत्पश्चात फरार रही भारतको दिल्लीमा ३ वर्ष काम गरेर फर्केका उनी परिचय लुकाएर दीपक रानाको नामबाट काठमाडौं १७ क्षेत्रपाटी ढल्कुमा जमुना दर्जीसँग चौथो विवाह गरी बसेका थिए ।

लुकीछिपी बसेको भन्ने गोप्य सूचनाको आधारमा खोजतलास गर्दै जाँदा गत चैत १३ मा पक्राउ परेका उनलाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीमा बुझाइएको सिआइबीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक संजय सिंह थापाले बताए । ५८ वर्षीय दर्जीलाई शुक्रबार बुटवल ल्याइएको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित