उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न                
समाचार :

“बढ्दो करको दर र खुला सिमा”- मदिरा ब्यवसायीको पिडा

बुटवल । सरकारले ल्याउने बजेटको मदिरा कर नीतिमा अन्तशुल्क बढाए ब्यवसाय पलायन हुने अवस्था आउने एक कार्यक्रममा बोल्ने बक्ताहरु दाबी गरेका छन। मदिरा ब्यवसायी संघ रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको आर्थिक वर्ष २०८०/०८१ को बजेटमा मदिरा कर नीति सन्दर्भमा अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्ने बक्ताहरुले प्रत्येक वर्ष अन्तशुल्क बढ्ने र अर्को तर्फ खुला सिमाका कारण अबैध मदिरा भित्रिदा समस्यामा परेको बताए।
कार्यक्रममा महासंघका केन्द्रिय सदस्य हरि बहादुर भण्डारीले मदिराको ब्राण्ड भ्यालु छुटयाउनुपर्ने बताए। विश्वब्यापी नै ७० युपिए अबैध मदिरा हुने भएपनि यस्ता मदिरालाई सरकारबाट आवश्यक रोकथाममा नगरिएको दुखेसो गरे।
कार्यक्रममा निवर्तमान अध्यक्ष कृष्ण प्रसाद नेपालले कुल राजश्वमा २५ प्रतिशत योगदान दिदै आएका मदिरा ब्यवसायीहरुप्रति सरकार अनुदार रहेको उनले दुखेसो गरे। मदिरा ब्यवसायबाट ५० प्रतिशतभन्दा बढि कर उठ्न नसकेको वर्तमान अवस्थामा सृजना भएको छ।
मदिरा संघ लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष गिरिराज पौडेल, संघका द्घितिय उपाध्यक्ष बाबुराम ज्ञवाली, उपाध्यक्ष नारायण भुषालले सरकारबाट अधिकतम मूल्य बढाएर नभई अधिकतम विक्रि बढाउनुपर्ने सुझाव दिए।
संघका अध्यक्ष कृष्ण गौतमले सरकारले करमा मात्रै ध्यान दिएकाले मदिरा व्यवसायी पलायन हुनु पर्ने अवस्था आएकोमा दुखेसो व्यक्त गरे । महासंघका केन्द्रिय सदस्य सन्देश कक्षपति, लुम्बिनी प्रदेशका अध्यक्ष शम्भुप्रसाद भट्टराई, संघका पुर्व महासचिव प्रितम गिरिले सरकारले प्रत्येक वर्ष कर नीतिको मुल्य बढाउदा स्वदेशी ब्यवसायीहरु ठूलो मारमा परेको बताए।
केन्द्रीय सदस्य रमेश बेल्बासे, कार्यक्रममा संघका महासचिव किशोर पन्थीले सिमा क्षेत्रबाट भित्रने मदिरा रोक्न पटकपटक अनुरोध गरिदा पनि यसमा सरकारको चासो नदेखिएको उनले बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित