३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

“बढ्दो करको दर र खुला सिमा”- मदिरा ब्यवसायीको पिडा

बुटवल । सरकारले ल्याउने बजेटको मदिरा कर नीतिमा अन्तशुल्क बढाए ब्यवसाय पलायन हुने अवस्था आउने एक कार्यक्रममा बोल्ने बक्ताहरु दाबी गरेका छन। मदिरा ब्यवसायी संघ रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको आर्थिक वर्ष २०८०/०८१ को बजेटमा मदिरा कर नीति सन्दर्भमा अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्ने बक्ताहरुले प्रत्येक वर्ष अन्तशुल्क बढ्ने र अर्को तर्फ खुला सिमाका कारण अबैध मदिरा भित्रिदा समस्यामा परेको बताए।
कार्यक्रममा महासंघका केन्द्रिय सदस्य हरि बहादुर भण्डारीले मदिराको ब्राण्ड भ्यालु छुटयाउनुपर्ने बताए। विश्वब्यापी नै ७० युपिए अबैध मदिरा हुने भएपनि यस्ता मदिरालाई सरकारबाट आवश्यक रोकथाममा नगरिएको दुखेसो गरे।
कार्यक्रममा निवर्तमान अध्यक्ष कृष्ण प्रसाद नेपालले कुल राजश्वमा २५ प्रतिशत योगदान दिदै आएका मदिरा ब्यवसायीहरुप्रति सरकार अनुदार रहेको उनले दुखेसो गरे। मदिरा ब्यवसायबाट ५० प्रतिशतभन्दा बढि कर उठ्न नसकेको वर्तमान अवस्थामा सृजना भएको छ।
मदिरा संघ लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष गिरिराज पौडेल, संघका द्घितिय उपाध्यक्ष बाबुराम ज्ञवाली, उपाध्यक्ष नारायण भुषालले सरकारबाट अधिकतम मूल्य बढाएर नभई अधिकतम विक्रि बढाउनुपर्ने सुझाव दिए।
संघका अध्यक्ष कृष्ण गौतमले सरकारले करमा मात्रै ध्यान दिएकाले मदिरा व्यवसायी पलायन हुनु पर्ने अवस्था आएकोमा दुखेसो व्यक्त गरे । महासंघका केन्द्रिय सदस्य सन्देश कक्षपति, लुम्बिनी प्रदेशका अध्यक्ष शम्भुप्रसाद भट्टराई, संघका पुर्व महासचिव प्रितम गिरिले सरकारले प्रत्येक वर्ष कर नीतिको मुल्य बढाउदा स्वदेशी ब्यवसायीहरु ठूलो मारमा परेको बताए।
केन्द्रीय सदस्य रमेश बेल्बासे, कार्यक्रममा संघका महासचिव किशोर पन्थीले सिमा क्षेत्रबाट भित्रने मदिरा रोक्न पटकपटक अनुरोध गरिदा पनि यसमा सरकारको चासो नदेखिएको उनले बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित