लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

बुटवलमा राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालको तेस्रो महाधिवेशन सुरु

बुटवल । बुटवलमा राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालको तेस्रो महाधिवेशन सुरु भएको छ ।
बुटवल मण्डपस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा महाधिवेशन सुरु भएको हो । महाधिबेशनको एक कार्यक्रमका बीच राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेनाले उद्घाटन गरे ।
सो अवसरमा बोल्दै उनले सत्ताको दौडमा लाग्ने नेताहरूलाई गीत संगीतबाट व्यङग्य गर्नुपर्ने अवस्था आएको बताए । भजन चुडकाले कुर्चीको दौडमा लाग्नेलाई व्यङग्य हान्न आग्रह गरे । कामको लागि भनसुन गर्नुपर्ने, नेताकोमा धाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउंदै अध्यक्ष तिमिल्सेनाले देशमा भ्रष्टचार अन्त्य कुर्चीको लागि हानथाप गर्ने मन्त्री खान विचार बेच्नेलाई गीतबाट प्रहार गर्न आग्रह गरे ।
भाषा कला र संस्कृति हाम्रा पहिचान रहेको बताउँदै अध्यक्ष तिमिल्सेनाले शुसासन विकासको पक्षको लागि गीत संगीतबाट नेतालाई प्रहार आवश्यक रहेको औंलाए । साथै उनले कलाकारितालाई रोजगारसँग जोड्न आवश्यक रहेको भन्दै उनले गीत÷संगीतमा लाग्ने हरुलाई सोही क्षेत्रबाट आत्मनिर्भर हुने गरी जोडिए मात्र कलाकारिता टिक्ने बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे, एमाले पोलिटव्यूरो सदस्य खिमलाल भट्टराई लगाएतले बोलेका थिए ।
अधिवेशनमा देशभरबाट प्रतिनिधि, पर्यवेक्षक गरी पाँच सय जनाको सहभागिता रहेको छ । प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष एवं महाधिवेशन आयोजक समितिका संयोजक नारायण खनाल लेकालीले अधिबेशनले नयाँ नेतृत्व चयन गर्ने बताए । महाधिबेशनको बन्द सत्र भने बुटवल १२ नयाँगाउँस्थित मुक्तिनाथ धाममा हुने उनले बताए ।
प्रतिष्ठानका संस्थापक अध्यक्ष प्रजापती पराजुलीले नेपालीको संस्कार, संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने लोक भजन तथा चुड्काहरूको संरक्षण र प्रवद्र्धनका लागि राज्यले कुनैपनि कार्य गर्न नसकेको बताए । धर्म, संस्कार र परम्परालाई बचाउन र संस्कृति संरक्षणका लागि प्रतिष्ठानले आवाज उठाउँदै आएको पराजुलीले बताए । नेपालको पुरानो र मौलिक संस्कृतिको रुपमा रहेको भजन तथा चुड्काहरूको संरक्षण गर्दै नयां पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले २०६७ सालमा प्रतिष्ठानको स्थापना गरिएको थियो । प्रतिष्ठानमा हाल ५१६ जना आजिवन सदस्य छन भने ४ सय साधारण सदस्य रहेका छन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित