रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित                
समाचार :

बुटवलमा राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालको तेस्रो महाधिवेशन सुरु

बुटवल । बुटवलमा राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालको तेस्रो महाधिवेशन सुरु भएको छ ।
बुटवल मण्डपस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा महाधिवेशन सुरु भएको हो । महाधिबेशनको एक कार्यक्रमका बीच राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेनाले उद्घाटन गरे ।
सो अवसरमा बोल्दै उनले सत्ताको दौडमा लाग्ने नेताहरूलाई गीत संगीतबाट व्यङग्य गर्नुपर्ने अवस्था आएको बताए । भजन चुडकाले कुर्चीको दौडमा लाग्नेलाई व्यङग्य हान्न आग्रह गरे । कामको लागि भनसुन गर्नुपर्ने, नेताकोमा धाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउंदै अध्यक्ष तिमिल्सेनाले देशमा भ्रष्टचार अन्त्य कुर्चीको लागि हानथाप गर्ने मन्त्री खान विचार बेच्नेलाई गीतबाट प्रहार गर्न आग्रह गरे ।
भाषा कला र संस्कृति हाम्रा पहिचान रहेको बताउँदै अध्यक्ष तिमिल्सेनाले शुसासन विकासको पक्षको लागि गीत संगीतबाट नेतालाई प्रहार आवश्यक रहेको औंलाए । साथै उनले कलाकारितालाई रोजगारसँग जोड्न आवश्यक रहेको भन्दै उनले गीत÷संगीतमा लाग्ने हरुलाई सोही क्षेत्रबाट आत्मनिर्भर हुने गरी जोडिए मात्र कलाकारिता टिक्ने बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे, एमाले पोलिटव्यूरो सदस्य खिमलाल भट्टराई लगाएतले बोलेका थिए ।
अधिवेशनमा देशभरबाट प्रतिनिधि, पर्यवेक्षक गरी पाँच सय जनाको सहभागिता रहेको छ । प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष एवं महाधिवेशन आयोजक समितिका संयोजक नारायण खनाल लेकालीले अधिबेशनले नयाँ नेतृत्व चयन गर्ने बताए । महाधिबेशनको बन्द सत्र भने बुटवल १२ नयाँगाउँस्थित मुक्तिनाथ धाममा हुने उनले बताए ।
प्रतिष्ठानका संस्थापक अध्यक्ष प्रजापती पराजुलीले नेपालीको संस्कार, संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने लोक भजन तथा चुड्काहरूको संरक्षण र प्रवद्र्धनका लागि राज्यले कुनैपनि कार्य गर्न नसकेको बताए । धर्म, संस्कार र परम्परालाई बचाउन र संस्कृति संरक्षणका लागि प्रतिष्ठानले आवाज उठाउँदै आएको पराजुलीले बताए । नेपालको पुरानो र मौलिक संस्कृतिको रुपमा रहेको भजन तथा चुड्काहरूको संरक्षण गर्दै नयां पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले २०६७ सालमा प्रतिष्ठानको स्थापना गरिएको थियो । प्रतिष्ठानमा हाल ५१६ जना आजिवन सदस्य छन भने ४ सय साधारण सदस्य रहेका छन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित