लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

पाल्पा–बुटवल सडक खण्डको दोभान सिद्धबाबा खण्ड शुक्रबारबाट रातिमा मात्र बन्द हुने

गत चैत २१ गतेदेखि दिउँसो ११ बजेदेखि २ बजेसम्म दिनहुँ बन्द हुँदै आएको सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्डको दोभान सिद्धबाबा खण्ड शुक्रबारबाट रातिमा मात्र बन्द हुने भएको छ ।

निर्माण व्यवसायीले तदारुकताका साथ काम नगरेपछि सर्वसाधारणको विरोधपछि जिल्ला प्रशासन कार्यालय पाल्पाको समन्वयमा अब रातिमा मात्र बन्द गरेर काम हुनेछ । उत्तर दक्षिण सिद्धार्थ लोकमार्ग अन्तर्गत सिद्धबाबा सुरुङमार्ग पूर्वतयारीको काम गर्न दैनिक नौ घन्टा बन्द हुँदै आएकामा अब रातिको ६ घन्टा मात्र बन्द हुनेछ ।

राजमार्ग सुरक्षा समितिको बैठकले गत चैत २१ गतेबाट अर्को सूचना नभएसम्मका लागि हरेक दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म साथै राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरेर काम गर्न अनुमति दिइएको थियो । निर्माण व्यवसायीले सुस्त काम गरेको, दिउँसोमा सवारी चाप अधिक रहेको, बुटवल–नारायणगढ लगायतका सडकका कारण यस क्षेत्रमा दिउँसोमा सवारी चाप अधिक रहेकाले यात्रु, सवारी चालकको दबावका कारण दिउँसोमा गरिएको बन्द हटाइएको पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए ।

सुरुङमार्ग निर्माणको जिम्मा पाएको निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले राजमार्गमा आवागमन बन्द गर्न माग गरे पनि काममा भने तीव्रता नदिएकाले यात्रुले विरोध गर्दै आएका थिए । तिनाउ गाउँपालिका–३, झुम्सादेखि बुटवलसम्म खानेपानीको पाइप गाड्ने र नाली बनाउने कामका कारणसमेत थप तीन घन्टा यात्रुले सास्ती पाउने समस्या थियो ।

एम्बुलेन्सलगायत अत्यावश्यकीय सवारी साधनहरु सञ्चालनमा भने अवरोध नगर्न निर्माण कम्पनीलाई आग्रह गरे पनि अटेर गर्दै आएको थियो । यसअघि पनि फागुन १३ देखि २७ गतेसम्म दैनिक आठ घन्टा सडक बन्द गरेर सुरुङमार्गको पूर्वतयारीका काम गरेका थिए । राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका–३, रामापिथेकसपार्कदेखि पाल्पाको सिद्धबाबा मन्दिरसम्म १ हजार १२६ मिटर सुरुङ निर्माण हुनेछ ।

सुरुङमार्ग, रकनेट, रकसेड लगायत अहिलेको सडक स्तरोन्नतिका लागि सात अर्ब ३४ करोड २१ लाख ४ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको छ । सुरुङ मार्गको विस्तृत परियोजना प्रस्तावको अन्तिम डिजाइन स्वीकृत हुने क्रममा रहेको छ । चार वर्षमा काम सक्नेगरी ठेक्का सम्झौता भएकाले विस्तृत परियोजना प्रतिवेदन स्वीकृत हुनासाथ सुरुङ मार्ग निर्माणको कामले गति लिने निर्माण व्यवसायीले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित