दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

८ दलका ५३ जना सांसदको हस्ताक्षरसहित डिल्ली चौधरी द्वारा मुख्यमन्त्रीमा दाबी

बुटवल । कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले लुम्बिनीको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । कांग्रेसका संसदीय दलका नेता समेत रहेका चौधरीले कांग्रस, माओवादी लगायतका ८ दलका ५३ जना सांसदको हस्ताक्षरसहित विहीबार दिउँसो मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३-३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक-एक जना र स्वतन्त्र एक सांसद गरि ५३ जना साँसदको हस्ताक्षर सहित चौधरीले प्रदेश प्रमुख समक्ष दाबी प्रस्तुत गरेका हुन् ।

एमाले नेता लीला गिरी नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेर वैशाख ११ गते ढलेसँग मंगलवार प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि बिहीवार ४ बजेसम्मको समयसीमा दिएका थिए ।

चौधरी दाङ– ३ (१) बाट निर्वाचित सांसद हुन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित