लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

रिडी-तम्घास सडकखण्ड दैनिक ११ घण्टा बन्द हुने

बुटवल : गुल्मीको रिडी-तम्घास सडकखण्ड १५ दिनका लागि दैनिक ११ घण्टा बन्द हुने भएको छ। सो सडकखण्ड अन्तर्गत पानीटंकी ठुलोढुंगा क्षेत्रमा सडक चौडा गर्नका लागि दैनिक ११ घण्टा सडक बन्द हुने भएको हो।

बैशाख १५ गतेदेखि ३१ गतेसम्म हरेक दिन बिहान १० देखि १ बजेसम्म, दिउँसो ३ देखि साँझ ६ बजेसम्म र राति १० देखि बिहान ३ बजेसम्म सवारी आवगमन बन्द हुने गुल्मीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए।

पानीटंकी ठुलोढुंगा क्षेत्रमा पहरो फोरी सडक चौडा गर्ने काम भइरहेकाले सवारीसाधन नरोकि निर्माण कार्य गर्दा दुर्घटनाको जोखिम भएकोले मदन भण्डारी राजमार्ग योजना कार्यालय, तम्घास गुल्मीको पत्रानुसार सवारी आवागमन बन्द गर्ने निर्णय गरीएको प्रमुख जिल्ला अधिकारी पाठकले बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित