३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

रिडी-तम्घास सडकखण्ड दैनिक ११ घण्टा बन्द हुने

बुटवल : गुल्मीको रिडी-तम्घास सडकखण्ड १५ दिनका लागि दैनिक ११ घण्टा बन्द हुने भएको छ। सो सडकखण्ड अन्तर्गत पानीटंकी ठुलोढुंगा क्षेत्रमा सडक चौडा गर्नका लागि दैनिक ११ घण्टा सडक बन्द हुने भएको हो।

बैशाख १५ गतेदेखि ३१ गतेसम्म हरेक दिन बिहान १० देखि १ बजेसम्म, दिउँसो ३ देखि साँझ ६ बजेसम्म र राति १० देखि बिहान ३ बजेसम्म सवारी आवगमन बन्द हुने गुल्मीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए।

पानीटंकी ठुलोढुंगा क्षेत्रमा पहरो फोरी सडक चौडा गर्ने काम भइरहेकाले सवारीसाधन नरोकि निर्माण कार्य गर्दा दुर्घटनाको जोखिम भएकोले मदन भण्डारी राजमार्ग योजना कार्यालय, तम्घास गुल्मीको पत्रानुसार सवारी आवागमन बन्द गर्ने निर्णय गरीएको प्रमुख जिल्ला अधिकारी पाठकले बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित