दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

 भविष्य उज्जवल आधारभूत विद्यालयमा दुईकोठे भवनको शिलान्यास

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ४ पकडिहवास्थित श्री भविष्य उज्जवल आधारभूत विद्यालयमा दुईकोठे भवन निर्माण हुने भएको छ । भवनको मंगलबार रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव र वडा नम्बर ४ का वडाअध्यक्ष तारानाथ यादवले शिलान्यास गरेका हुन् ।

भवन शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष यादवले शिक्षा क्षेत्रको विकासले मुलुकको विकास हुने भएकाले यो क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको योजना अन्तर्गत रु. २२ लाख ५० हजार लागतमा बन्ने भवनको मंगलबार शिलान्यास भएको विद्यालयका प्रधानाध्यापक धनेश्वर कँवरले बताए । २०५७ सालमा स्थापना भएको विद्यालयमा हाल ३८५ जना विद्यार्थी अध्ययनरत रहेको कँवरले जानकारी दिए ।

शिलान्यास कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिशचन्द्र थारु, समाजसेवी कान्छा कोहार, स्थानीयलगायतको उपस्थिति रहेका थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित