रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित                
समाचार :

रोहिणीको बैकुण्ठपुरमा हाईमास्ट लाइट जडान

रुपन्देहीको रोहिणी गाउँपालिकाले रोहिणी–३ स्थित बैकुण्ठपुर चोकमा हाईमास्ट सडक बत्ती (लाइट) जडान गरेको छ । यात्रु तथा स्थानीयबासीलाई रातीको समयमा यात्रा गर्न तथा चोक वरपर उज्यालो राख्न हाईमास्ट लाइट जडान गरिएको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए ।

सडक बत्तीमार्फत ‘उज्यालो रोहिणी’ गाउँपालिका बनाउने अभियानमा रहेको अध्यक्ष यादवले बताए । यसअघि रोहिणी गाउँपालिका वडा नम्बर ३ स्थित धकधईमा हाईमास्ट लाइट जडान गरी सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । ‘मुख्य चोकहरुमा सडक बत्ती जडान हुँदा यात्रु तथा स्थानीयबासीलाई सहज हुने, सडक दुर्घटना तथा अन्य घटना न्यूनीकरणमा समेत सहयोग पुग्नेमा विश्वस्त छौं,’ उनले भने ।

हाईमास्ट सडक बत्ती जडान भइसकेपछि स्थानीयबासी हर्षित भएको रोहिणी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष करम हुसेन खाँले बताए । भैरहवा–परासी सडकखण्ड अन्तर्गत बैकुण्ठपुरमा हाईमास्ट लाइट जडान भएपछि स्थानीयले खुसी व्यक्त गरेका छन् । यो हाईमास्टको क्षमता ४ सय वाट रहेको छ ।

हाईमास्ट सडक बत्ती (लाइट) को आइतबार एक कार्यक्रमकाबीच रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव र वडा नम्बर २ का वडाअध्यक्ष करम हुसेन खानले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित