लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

बुटवल उद्योग वाणिज्य संघद्वारा घरभाडामा १५ प्रतिशत छुट

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले संघको संगमपथमा रहेको भवनमा व्यवसाय सञ्चालन गरेका व्यवसायीलाई १५ प्रतिशत भाडा छुट गर्ने निर्णय गरेको छ ।

सोमबार बुटवलमा बसेको संघको कार्यसमिति बैठकले करार अनुसार बृद्धि गर्नुपर्ने भाडा नबढाउने र चलनचल्तीको भाडामा १५ प्रतिशत छुट गर्ने निर्णय गरेको हो ।

बैठकले गएको चैत १ गतेदेखि लागु हुनेगरी १५ प्रतिशत भाडा छुट गर्ने निर्णय गरिएको महासचिव बिमलराज भट्टराईले जानकारी दिए ।

कोरोना महामारी लगायतका कारण व्यवसायी समस्यामा परेपछि संघले विगत तीन वर्षदेखि करार अनुसार बृद्धि गर्नुपर्ने भाडा दर समेत बृद्धि नगरी यथावत रुपमा लिँदै आएको थियो ।

संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूको अध्यक्षतामा बसेको बैठकले बैंकको व्याजदरमा भएको बृद्धि तथा अर्थतन्त्रमा
आएको गिरावटको कारण व्यवसायीहरुलाई समस्या भएको र व्यापार व्यवसायलाई बचाउनको लागि लिँदै आएकोघरभाडामा केही छट गरेर राहत दिन पनि अन्य घरधनीहरुलाई आग्रह गरेको छ ।

बैठकले संघको सचिवालय भवन तथा सभाहल मर्मत सम्भारको लागि सचिव मुक्ति अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।

जसको सदस्यमा कार्यसमिति सदस्यहरु नरेशकुमार श्रेष्ठ, दीपक चापागाई, काशीराम पौडेल र जमुना पौडेल रहेका छन् ।

बुटवल उपमहानगरपालिका वडा नं. ६ मा रहेको संघको सचिवालय भवन तथा सभाहल प्रदेश स्थापनासंगै प्रदेश सभाको सचिवालय तथा प्रदेश सभा सञ्चालनको लागि प्रदान गरिएको थियो ।

प्रदेश सभा स्थायी राजधानी दाङमा स्थानान्तरण भएसंग गत चैतको २६ गते प्रदेश सभा सचिवालयले संघको भवन तथा सभाहल फिर्ता हस्तान्तरण गरेको थियो ।

बैठकमा संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य कसजूले उद्योगी व्यवसायीका समस्या समाधानको लागि महासंघबाट पहलको थालनी भएको बताउँदै खस्किँदो अर्थतन्त्र विस्तारै सुधार हुँदै जाने विश्वास व्यक्त गरे । उनले यस क्षेत्रको जल्दोबल्दो समस्याको रुपमा रहेको खुल्ला सिमानाका, बैंकको चर्को व्याजदर घटाउन, अर्थतन्त्र सुधार, जसका कारण उत्पन्न भएको घरबहाल व्यवस्थापन तथा अख्तियारले नीतिक्षेत्रमा समेत हेर्न पाउनेगरी भएको व्यवस्था सुधारको लागि संघ र महासंघबाट समेत नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे।

त्यस्तै बैठकमा संघका निवर्तमान अध्यक्ष खिमबहादुर हमाल, सल्लाहकार तथा पुर्व अध्यक्षहरु अर्जुनमान सैंजू, निर्मलप्रसाद
लाकौल, नवराज श्रेष्ठ, सुरेन्द्रप्रसाद श्रेष्ठले बैंक तथा वित्तिय संस्थामा भएको व्याजदर बृद्धि, खस्किँदो अर्थतन्त्र, खुला सिमानाका लगायतका कारण यस क्षेत्रका कतिपय व्यवसायहरु बन्द भईसकेको र रहेका पनि पलायन हुने स्थितीमा रहेकाले ती उद्योगी व्यवसायीलाई कसरी टिकाई रहन सकिन्छ त्यसतर्फ गम्भिर हुनुपर्ने भनाई राखेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित