लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

तिलोत्तमा नगरपालिकाको हाईवेमा फ्रि वाईफाइ सुरु, टिकटक भने नचल्ने

बुटवल । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल बेलहीया सिक्सलेन व्यापारीक मार्गको तिलोत्तमा क्षेत्रमा फ्रि वाईफाई सञ्चालन भएको छ । प्रदेश सरकार र तिलोत्तमा नगरपालिकाको संयुक्त लगानीमा सूचना राजमार्ग मार्फत डिजिटल सेवा प्रवाह कार्यक्रम अन्तरगत फ्रि वाईफाई सञ्चालन भएको हो ।
फ्रि वाईफाइको सोमबार विहान नगरप्रमुख रामकृष्ण खांण र उपप्रमुख जागेश्वरीदेवी चौधरीले संयुक्त रुपमा शुभारम्भ गरे । योगीकोटी देखी कोटीहवा सम्म को १३ किलोमिटर हाइवे क्षेत्रमा फ्रि वाइफाइ सुरु गरिएको हो ।
तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खांणले तिलोत्तमा नगरपालिकाको कटैया सम्को ६ लेनको सूचना राजमार्ग शुभारम्भ गरेको बताए । तिलोत्तमा नगरपालिका प्रविधिमैत्री भएकाले यसले जनताले प्रविधिप्रतिको विश्वास बढाउनुका साथै जनतालाई प्रविधिमैत्री बनाउन पनि यो कार्यको शुभारम्भ गरेको बताए । यसले आन्तरिक एवं बाह्य पर्यटकलाई सहज हुने अपेक्षा नगरपालिकाले लिएको उनको भनाई छ । उनले यसबाट आम्दानीको स्रोत समेत बढाउने र विज्ञापन बाट नगरपालिकाले आम्दानी गर्ने बताए ।
उपप्रमुख जागेश्वरीदेवी चौधरीले यो वाईफाइलाई सकारात्मक कार्यमा प्रयोग गर्न सवैलाई आग्रह गरिन ।
नगरपालिकाका सूचना प्रविधी उपशाखा प्रमुख सुदिप ढकालका अनुसार एउटा डिभाईस वाईफाइमा कनेट गरेपछि अन्य कुनै पनि राउटरबाट कनेट गर्नु पर्नेछैन् । हाईवे क्षेत्रमा कुल ३८ वटा राउटर जडान गरिएको छ । एउटा राउटरबाट हाल १ सय वटा डिभाईस कनेट हुने बताइएको छ । यसबाट टिकटक भने चल्ने छैन् ।
‘सकारात्मक र सूचनाका लागि यो फ्रि वाईफाई जडान गरिएको हो । त्यसैले यसबाट टिकटक भने चल्दैन’ उनले भने । उनले यो कार्यक्रम सम्पन्न गर्दा ८५ लाख खर्च लागेको बताए । प्रदेश सरकारको सहकार्यमा २ करोड १५ लाखको परियोजना अन्तर्गत सूचना राजमार्गमा कुल ८५ लाख खर्च लागेको उनले बताए ।
बाँकी कार्य पनि यहि आर्थिक बर्षमा गरिने उनले बताए । नेपाल टेलिकम, सुबिसु, वर्डलिंकबाट आएको आईएसपिको माध्यमबाट आएको ईन्टरनेटलाई नगरपालिकाले व्यवस्थापन गरी यो कार्य गरेको उनको भनाई छ । इन्टरनेटको लागि पोल पोलमा राउटर राखिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित