रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै                
समाचार :

लुम्बिनी साँस्कृतिकको प्रशासनिक भवन निर्माणका लागी जग्गा नापजाँच सुरु

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाको आफनै प्रशासनिक भवन निर्माणका लागी पहिलो चरणका कार्य आरम्भ भएको छ ।दोस्रो स्थानीय तहको चुनावबाट निर्वाचित भएर आएका लुम्बिनी साँस्कृतिक नगरपालिकाका मेयर सजरुद्धिन मुसलमान,उपप्रमुख कल्पना हरिजन लगायत अन्य जनप्रतिनिधी,कर्मचारीको पहलमा नगरपालिकाले भवन निर्माणका लागी केही महिना अघि जग्गाको टुंगो लगाएको थियो ।जस अनुसार लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न.३ स्थित लंकारपुर देखि क्युटेलिय जाने बाटोको पुर्वतर्फ प्रशासनिक भवनका जग्गा प्रस्ताव गरिएको हो ।

भवनका लागी प्रस्तावित जग्गाको आईतबार नगरपालिकाका मेयर सजरुद्धिन मुसलमान,लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न.३का वडाअध्यक्ष अकरमुद्धिन नाउँ मुसलमान,ईन्जिनियर आशिष यादव,अमिन,पत्रकार लगायत स्थानीयको रोवरमा नापजाँच गरिएको नगरपालिकाले जनाएको छ । डिपिआर निर्माणका लागी पहिलो चरणको जग्गा रेखांङकन र एरिया नापिएको हो ।क्षेत्रिय सहकारी विकास तथा एडवीको सहयोग तथा समन्वयमा पालिकाको आफनै सार्वजनिक जग्गामा भवन निर्माणको कार्यलाई अघि बढाउने निर्णय भएको छ ।

आमजनतालाई छिटो छरितो तरिकाले आफनै भवनबाट सेवा दिन आतुर रहेको नगरपालिका मेयर सजरुद्धिन मुसलमानले बताए । पहिलो स्थानीय तहको चुनावमा जितेर आएका जनप्रतिनिधिको पालामा बन्न नसकेको प्रशासनिक भवनलाई आफनो कार्यकाल भित्र पुरा गर्ने मेयर मुसलमानले प्रढ् गरे ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित