बुटवलमा जेन जी पुस्ताको प्रदर्शन प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य                
समाचार :

पाल्पा बस दुर्घटना अपडेट: एक जनाको मृत्यु, ३५ जना घाइते, तीनको अवस्था गम्भीर

पाल्पा : पाल्पामा आइतबार बिहान भएको बस दुर्घटना परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा महिला छिन्। उनको सनाखत भइ नसकेको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए।

उनकाअनुसार ३५ जना घाइतेको उद्वार गरिएको छ। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ। घाइते सबैलाई उपचारको लागि तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको प्रनाउ थापाले बताए।

बुटवलबाट बागलुङको बुर्तिबाङतर्फ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको बस बिहान सवा ९ बजे सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका-५ जोरधारामा दुर्घटना भएको हो। बस राजमार्गभन्दा करिब १०० मिटर तल भीरमा खसेको प्रनाउ थापाले बताए।

बसमा सवार सबै यात्रुको उद्वार भइसकेको छ। घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित