मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

जिल्ला स्तरीय परीक्षामा नमस्ते एकेडेमीका विद्यार्थीको नतिजा उत्कृष्ट

ब्रिटिस ग्रुपको व्यवस्थापनमा सञ्चालित तिलोत्तमाको नमस्ते एकेडेमीले हालै सार्वजनिक कक्षा ८ को जिल्ला स्तरीय आधारभूत तह परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।

३६ जना विद्यार्थी परीक्षामा सहभागी भएका मध्ये ९ जनाको ए प्लस, १८ जनाको ए र ९ जना विद्यार्थीले बी प्लस ग्रेड ल्यााएका विद्यालयका प्राचार्य जिग्मे शेर्पाले जानकारी दिए । ‘हामीले तिलोत्तमा नगरका विद्यालय मध्ये धेरै राम्रो नतिजा ल्याएका छौं’–प्राचार्य शेर्पाले भने–‘२०७८ को नतिजामा पनि हाम्रा विद्यार्थीको रिजल्ट उत्कृष्ट थियो ।’

वर्षौंदेखि शिक्षा क्षेत्रमा काम गरेका अनुभवी शिक्षक र व्यवस्थापन टिमले विद्यालय चलाएको हुंदा निरन्तर उत्कृष्ट नजिता ल्याउन सफल भएको ब्रिटिस ग्रुप स्कुल हेड अरुण कंडेलले बताए । ब्रिटिस ग्रुपको व्यवस्थापनमा सञ्चालित नमस्ते एकेडेमी हालै मात्रै क्याम्ब्रिज इन्टरनेशनल स्कूलमा आबद्ध भएपछि अन्तर्राष्ट्रिय गुणस्तरको शिक्षा चाहने विद्यार्थी र अभिभावकको पहिलो रोजाई बनेको कंडेलले बताए ।

क्याम्ब्रिज स्कूलले निर्धारण गरेका विभिन्न सूचकहरु पूरा गर्दै नमस्ते एकेडेमी काठमाडौं बाहिर क्याम्ब्रिज स्कूलमा रजिष्टर हुने पहिलो विद्यालय समेत हो । नर्सरीदेखि कक्षा ७ सम्म क्याम्ब्रिजमा जोडिएका विश्वका सबै स्कूलको करिकूलम अनुसार पढाई हुने गर्छ ।

‘क्याम्ब्रिज स्कूलमा आबद्ध १६० वटा देशका स्कूलमा आफ्नो देशको बाहेक अंग्रेजी, गणित र विज्ञानमा क्याम्ब्रिजको शिक्षण विधि अनुसार पढाई हुन्छ । जसले विश्वमा सबै देशका लागि दक्ष जनशक्ति उत्पादन गर्ने गरी पढाईमा अब्बल बढाउछ । विद्यार्थीले सातामा कुनै एउटा सामाजिक काम गर्नुपर्छ ।

विद्यालयका एक अभिभावक शिव भण्डारीले नमस्तेको पढाईबाट आफू पूर्ण सन्तुष्ट भएको बताउंछन् । आफ्नो २ कक्षामा पढ्ने छोराले हालै चितवन घुम्न गएका बेला बिदेशी पर्यटकसंग आफै हात मिलाएर परिचय गर्दै झण्डै १० मिनेट निर्धक्क आत्मविश्वासका साथ कुराकानी गरेको देखेर विद्यालयप्रतिको विश्वास झनै बढेको बताए ।

विश्वस्तरको प्रतिस्पर्धी शिक्षा दिने उद्देश्यले स्थापित एकेडेमीले छोटो समयमै उचाई प्राप्त गरेको विद्यालयका निर्देशक विष्णुप्रसाद भुसालले बताए । विद्यालयले यस वर्षदेखि अतिरिक्त क्रियाकलापका लागि हुक अफ इडनबरोका लागि अनुमति प्राप्त गरेको छ । विद्यालयमा भर्ना कार्यक्रम चलिरहेको र अब ५० जनाका लागि मात्र सिट रहेको संस्थापक प्रिन्सिपल राजेन्द्र कुंवरले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित