
बुटवल । पर्यटन प्रवद्र्धनमा साईक्लिङलाई जोडेर लैजानुपर्ने एक कार्यक्रममा जोड दिइएको छ । भाना प्लसको नेपालको आधिकारीक आउटलेट हिमालयन ईन्टरियर प्रालिको प्रायोजन तथा बुटवल युनाईटेड साईक्लिङ क्लबको आयोजनामा बुटवलमा नया वर्षको स्वागतमा भएको साइक्लिङ रयालीमा बोल्ने बक्ताहरुले पर्यटन विकासमा साईक्लिङको भुमिका महत्वपूर्ण हुने बताए । कार्यक्रमको एक समारोहका बिच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाडले सुभारम्भ गर्दै स्वस्थ्य जिवन जिउन नियमित साइक्लिङबाट शारिरीक ब्यायाम उपयुक्त हुने दाबी गरे । बुद्धजन्मस्थल लुम्बिनीको पर्यटनमा टेवा मिल्ने गरि साईकललाई जोडेर ३ तहकै सरकारले आवश्यक योजना ल्याउनुपर्ने सुझाव उनले दिए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका कार्यकारी अधिकृत टेकराज पन्थीले तराईका मानिसहरुको दैनिकजीविकामा साईकल महत्वपूर्ण पाटो भएको बताए ।
कार्यक्रममा भाना प्लसको नेपालका लागि आधिकारीक आउटलेट हिमालयन ईन्टरियर प्रालिका बजार प्रमुख महेन्द्र ढकालले मानव स्वस्थ्यलाई फाईदामिल्ने खालको घरअफिस सजावटमा आफुहरुको गुणस्तरीय भाना प्लसको उत्पादन नेपाली बजारमा बिक्रीवितरण गर्दै आएको भन्दै योसंगै सामाजिक योगदानमा लागेको बताए । विगतबाट नै रक्तदान, विभिन्न पर्वहरुमा सहयोगका साथै अन्य धेरै सामाजिक कार्यमा स्थानिय क्लबहरुसंग सहकार्य गर्दै आएको उनले बताए ।
कार्यक्रममा श्री नं २२ बाहिनी अडाका सहायक बाहिनीपति महासेनानी खेमराज शर्मा, रुपन्देही जिल्ला साईक्लिङ संघका उपाध्यक्ष अभिषेक भारी, बुटवल साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठ, सचिव राजु तिवारी, साईकल सिटी बुटवलका कोषाध्यक्ष बिमल बस्नेत, बुटवल साईक्लिङ ग्रुपका अध्यक्ष चन्द्र सुवेदी, ह्याप्पीका अध्यक्ष सुमन श्रेष्ठले नया वर्षमा स्वस्थ्य र साईकलसंग जोडेर नया सन्देश दिने गरि कार्यक्रम सम्पन्न भएको बताए ।
साईकल रयालीमा तिलोत्तमा नगरपालिका–४ का क्यान्सरजस्तो दीर्घरोगसंग लड्दै गरेका एचबी बर्मासमेत सहभागी भएका थिए । ६१ वर्षिय साईकल अभियन्ता बर्मा क्यान्सर रोगबारे सचेतना जगाउन महाकाली मेचि साइकल यात्रामा बैशाख २८ गते हिड्दैछन । समयमा उपचार गरे क्यान्सरबाट बच्न सकिन्छ भन्ने जागरण लिएर यात्रा गर्न लागेको उनले बताए ।
कार्यक्रमका संयोजक रबिलाल सुवेदीले स्थानिय साईक्लिष्ट र साईक्लिङ क्लबहरुको सहकार्यमा विभिन्न समयमा नमुना र सन्देशमुलक कार्य गर्दै आएको बताए । आगामी दिनहरुमा समेत सामाजिक उत्तरदायित्व बहन हुनेगरि रचनात्मक र सहयोग जुटाउने गरि कार्यक्रम गर्ने उनले बताए । रयालीमा बुटवल, भैरहवा, सैनामैना, नवलपरासी लगायतका ८० बढी साईक्लिष्टहरु सहभागी रहेका थिए ।