रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित                
समाचार :

नहरपुर माविमा बिदाइ कार्यक्रम सम्पन्न

बुटवल । बुटवल ११ नहरपुरस्थित नहरपुर माविमा कक्षा ११ का विद्यार्थीहरुद्वारा कक्षा १२ का विद्यार्थीहरुलाई बिदाइ एवम् शुभकामना प्रदान गर्ने कार्यक्रम सप्पन्न भएको छ।कक्षा ११ कि छात्रा कल्पना दर्जीको अध्यक्षतामा उक्त कार्यक्रम सप्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बुटवल उपमहानगरपालिका वडा न ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्री , विशिष्ट अतिथि राष्ट्रिय परीक्षा बोर्ड बुटवलका अधिकृत बाबुराम भण्डारी , विद्यालय व्यवस्थापन समिति अध्यक्ष डोर प्रसाद पोख्रेल, सदस्य यम बहादुर सुनार, विद्यालयका प्रधानाध्यापक धनिश्वर गौतम, साहायक प्रअ युवराज पन्थी, शिक्षक प्रतिनिधि बलराम न्यौपाने , आधारभूत सयोजक थिरलाल न्यौपाने , विद्यालयका शिक्षक कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो।उक्त कार्यक्रममा प्रमुख अतिथी वडाध्यक्ष रामचन्द्र क्षेत्री , विशिष्ट अतिथी बाबुराम भण्डारी , विद्यालयका अध्यक्ष डोरप्रसाद पोख्रेल, प्रधानाध्यापक धनिश्वर गौतम, शिक्षक प्रतिनिधि बलराम न्यौपाने लगायतले विद्यार्थीहरुलाई शुभकामना प्रदान गरेका थिए ।
उक्त अवसरमा शिक्षक सम्मान, पुरस्कार वितरण , उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान एवम विविध सास्कृतिक कार्यक्रम सम्पन्न भएको थियो। कक्षा ११ को छात्र सुदर्शन चन्दले स्वागत गरेको कार्यक्रमको संचालन विद्यार्थीहरु अनिशा विश्वकर्मा र अर्जुन विश्वकर्माले सयुक्त रुपमा संचालन गर्नुभएको कुरा विद्यालयका शिक्षक मनोज गौतमले जानकारी दिए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित