प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते                
समाचार :

सियारी गाउँपालिकाद्वारा मस्जितमै पुगेर फुलफुल बितरण

बुटवल । रुपन्देहीको सियारी गाउँपालिकाले मुस्लिम समुदायको पर्व रमजानको अवसरमा मस्जितमै पुगेर फलफुल बितरण गरेको छ ।
मुस्लिम समुदायको पर्व रमजानको अन्तिम हुनै लाग्दा सियारी गाउँपालिकाले पालिका भित्रका सबै मस्जितमा पुगेर फलफुल बितरण गरेको हो ।
सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे, उपाध्यक्ष तारा थारु, वडा अध्यक्षहरु दीपक बहादुर शाही, श्रीराम यादव, रामचन्द्र कुर्मी लगाएतले पालिका भित्र सञ्चालनमा रहेका ८ ओटा मस्जितमा पुगेर एउटा मस्जितलाई ५ हजार बराबरको फलफुल प्रदान गरे ।
रोजा (वर्त) बसेका मुस्लिम समुदायलाई रोजा खोले पछि खान मिल्ने गरी स्याउ, केरा, सुन्तला र खरबुजा लगाएतका फलफुल प्रदान गरिएको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए ।
उनले स्थानिय सरकारले सबै धर्म र समुदायलाई समान व्यवहार गर्ने उल्लेख गर्दै सबै धर्म, बर्ग र समुदायको साथमा स्थानिय सरकार रहेको उल्लेख गरे ।
अध्यक्ष घिमिरेले स्थानिय सरकारले आगामि दिनमा पनि अन्य धर्म र समुदाय बिशेषका पर्वलाई पनि ध्यानमा दिएर काम गर्ने बताए ।
गएको वर्षमा नयाँ वर्षसँगै रोजा पर्व शुरु भएको थियो । यो पर्वमा एक महिनाभर मुस्लिम समुदायले बिहान सूर्योदय हुनुअघिदेखि सूर्यास्त नभएसम्म पानी समेत खाँदैनन् । मुस्लिम समुदायको पर्व रमजानको शनिवार अन्तीम दिन हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित