निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

जितगढी उत्सव र नेपाली सेनाको पैदल यात्रा धुमधामका साथ मनाइयो (फोटो फिचर)

बुटवल । बुटवल उपमहानगरपालिका र नेपाली सेनालले अंग्रेजलाई नेपाली फौजले पराजित गरेको दिन पारेर आज बुटवलमा विजय उत्सव मनाएको छ । सम्वत् १८७२ बैशाख ७ गते अंग्रेज सेना माथि नेपाली सेनाले विजय प्राप्त गरेको दिन पारेर उपमहानगर र नेपाली सेनाले संयुक्तरुपमा विजय उत्सव दिवस मनाएको हो ।

जितगढी  किल्लालाई केन्द्रबिन्दु बनाएर तत्कालीन पाल्पा राज्यका कर्णेल उजिरसिंह थापा नेतृत्वको सेनाको फौजले झन्डै ३ महिना अंग्रेजसँग लडेको र दुई पटक अंग्रेज सेनाले आक्रमण गर्दा पनि अंग्रेज सेनालाई पाराजित गर्दै गोरखपुर सम्म लखेटेको दिनलाई बुटवल उपमहानगरले विजय उत्सव दिवसकारुपमा मनाउँदै आएको छ ।

उत्सवको अवसरमा गोरखाबाट विजय उत्सव मनाउन आएको नेपाली सेनाको पैदलयात्री टोली तथा बुटवलबाट सहभागी बिभिन्न आदीबासी जनजाती, धर्म र संप्रदायको झाँकीले नगर परिक्रमा गर्दै जितगढी किल्लामा पुगेर सभामा परिणत भएको थियो ।

युद्ध कमाण्डर उजिरसिंह थापकाको सालिकमा माल्यार्पण गरेर सुरु भएको कार्यक्रममा बोल्ने वक्ताहरुले विजय उत्सव र उजिरसिंहका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सांसद तथा पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले जितगढी किल्लालाई अन्तराष्ट्रियकरण गर्नु पर्ने बताए । उनले जितगढीले बुटवलको पहिचानलाई उचच बनाउको भन्दै किल्लाको संरक्षणका लागि सबैको ध्यान पुग्न आवश्यक रहेको बताए ।

नेपाली सेनाका मध्यपश्चिम प्रितनापति यामप्रसाद ढकालले जितगढीले नागरिक र सेनाबीचको सम्बन्धलाई थप बलियो बनाउने र युद्ध पर्यटनको प्रचारप्रसार हुने बताए ।

बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले उपमहानगरले जितगढीलाई विशेष महत्वका साथ हेरिरहेको बताउँदै किल्लाको विकास गरेर अन्तरराष्ट्रिय पहिचान बनाउने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रममा बुटवलका पूर्व मेयर शिवराज सुबेदी, इतिहासका ज्ञाता निर्मल श्रेष्ठ, पत्रकार महासंघका रुपन्देही अध्यक्ष रामराज पोख्रेल लगायतले बोलेका थिए । विजय उत्सवका अवसरमा नेपाली सेनाले तोप पड्काएर सलामी अर्पण गर्नुका साथै कवाज र झाँकी प्रदर्शन गरेको थियो ।

उपमहानगरकै पहलमा अहिले किल्ला नजिकै जीतगढी संग्राहलय निर्माणाधिन छ । युद्धका बेला बनाइएका संरचना रहेको जितगढीलाई अहिले युद्ध संग्रहालयमा विकास गरिंदै छ । जितगढी किल्लाको संरक्षण र वार्षिक रुपमा मनाइने उत्सवले पर्यटन प्रवद्र्धन गर्न, देशको इतिहास बचाउन र नयाँ पुस्तालाई पुर्खाको योगदान स्मरण गराउन सघाउने छ ।

DCIM177MEDIADJI_0098.JPG

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित