दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

सैनामैनामा झारफुकबाट मृत्यु प्रकरणः एक जना पुर्पक्षका लागि थुनामा, अरु सवै रिहा

बुटवल । रुपन्देहीको सैनामैना १० फुलबारी टोलमा भएको झारफुक बाट मृत्यु प्रकरण एक जनालाई मात्र अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका छ । बांकी अरुलाई अदालतले रिहा गरेको छ । सालझण्डी बजारदेखि २ किलोमिटर उत्तर फुलबारी टोलकी १४ वर्षिय सिता ज्ञवालीको गत फागुन २० गते राती झारफुक गर्ने नाममा दिईएको चरम यातनापछि मृत्यु भएको थियो ।
प्रहरीले घटनाको अनुसन्धानको क्रममा १७ जनालाई पक्राउ गरेको थियो । उक्त मुद्धामा भएको सुनुवाई पछि जिल्ला अदालत रुपन्देहीको आदेशमा माता भनिने रेश्मी थापालाई पुर्पक्षका लागि जेल चलान गरि अरुलाई धरौटी र साधारण तारेखमा छोडिएको छ ।
प्रहरीले उक्त घटनामा प्रत्यक्ष संलग्न रहेको भनिएकी माता सैनामैना १० बेमटेनी टोलकी सोनिया रेश्मी, बालिकाका बाबु तारा ज्ञवाली र आमा लिलासहित छिमेकी तथा आफन्त गरी १८ जनालाई प्रहरीले अनुसन्धानको लागि भन्दै पक्राउ गरी मुद्दा चलाएको थियो ।
ईलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार बालिकाका बुबा तारा, आमा लीला, भिडिओ खिच्ने ईश्वरी ज्ञवाली र अटोमा माताकहां लिएर जाने निमकला पाण्डे ५० हजार धरौटीमा रिहा भएका छन् । अन्य १३ जना भने साधारण तारेखमा छुटेका छन् ।
सैनामैना १० बेमटेनी टोलकी सोनिया रेश्मीले झारफुक गर्ने भन्दै चरम यातना दिएको भिडियो फागुन २१ गते सामाजिक संजालमार्फत सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अगाडी बढाएको थियो ।
अनुसन्धानको क्रममा बालिका सिताको २० गते राती मृत्यु भएको र सोहि राती नै कपिलवस्तुको लक्ष्मणघाटमा लगि दाहसंस्कार गरेको पाईएको थियो ।
अनुसन्धानको क्रममा फागुन २६ गते झारफुकको क्रममा प्रत्यक्षदर्शी बनेका र दाहसंस्कारमा सहभागि भएका गरि १७ जनालाई पक्राउ गरेको थियो । त्यसपछि फागुन २९ गते मृतक बालिकाकी आमा लिला ज्ञवालीलाई पनि पक्राउ गरि अनुसन्धान कार्य अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित