लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

सैनामैनामा झारफुकबाट मृत्यु प्रकरणः एक जना पुर्पक्षका लागि थुनामा, अरु सवै रिहा

बुटवल । रुपन्देहीको सैनामैना १० फुलबारी टोलमा भएको झारफुक बाट मृत्यु प्रकरण एक जनालाई मात्र अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका छ । बांकी अरुलाई अदालतले रिहा गरेको छ । सालझण्डी बजारदेखि २ किलोमिटर उत्तर फुलबारी टोलकी १४ वर्षिय सिता ज्ञवालीको गत फागुन २० गते राती झारफुक गर्ने नाममा दिईएको चरम यातनापछि मृत्यु भएको थियो ।
प्रहरीले घटनाको अनुसन्धानको क्रममा १७ जनालाई पक्राउ गरेको थियो । उक्त मुद्धामा भएको सुनुवाई पछि जिल्ला अदालत रुपन्देहीको आदेशमा माता भनिने रेश्मी थापालाई पुर्पक्षका लागि जेल चलान गरि अरुलाई धरौटी र साधारण तारेखमा छोडिएको छ ।
प्रहरीले उक्त घटनामा प्रत्यक्ष संलग्न रहेको भनिएकी माता सैनामैना १० बेमटेनी टोलकी सोनिया रेश्मी, बालिकाका बाबु तारा ज्ञवाली र आमा लिलासहित छिमेकी तथा आफन्त गरी १८ जनालाई प्रहरीले अनुसन्धानको लागि भन्दै पक्राउ गरी मुद्दा चलाएको थियो ।
ईलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार बालिकाका बुबा तारा, आमा लीला, भिडिओ खिच्ने ईश्वरी ज्ञवाली र अटोमा माताकहां लिएर जाने निमकला पाण्डे ५० हजार धरौटीमा रिहा भएका छन् । अन्य १३ जना भने साधारण तारेखमा छुटेका छन् ।
सैनामैना १० बेमटेनी टोलकी सोनिया रेश्मीले झारफुक गर्ने भन्दै चरम यातना दिएको भिडियो फागुन २१ गते सामाजिक संजालमार्फत सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अगाडी बढाएको थियो ।
अनुसन्धानको क्रममा बालिका सिताको २० गते राती मृत्यु भएको र सोहि राती नै कपिलवस्तुको लक्ष्मणघाटमा लगि दाहसंस्कार गरेको पाईएको थियो ।
अनुसन्धानको क्रममा फागुन २६ गते झारफुकको क्रममा प्रत्यक्षदर्शी बनेका र दाहसंस्कारमा सहभागि भएका गरि १७ जनालाई पक्राउ गरेको थियो । त्यसपछि फागुन २९ गते मृतक बालिकाकी आमा लिला ज्ञवालीलाई पनि पक्राउ गरि अनुसन्धान कार्य अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित