३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

पाल्पाका ५८ सामुदायिक वनमा एक सातायता भीषण डढेलो

पाल्पा । पाल्पाका चुरे र महाभारत क्षेत्रमा पर्ने ५८ भन्दा बढी सामुदायिक वन अन्तर्गतका जंगलमा एक सातायता भीषण डढेलो फैलिएको छ ।

पाल्पा सदरमुकाम तानसेन नजिकैको वनदेवी सल्लेरी जंगलमा भीषण डढेलो लागेपछि नियन्त्रण गर्न डिभिजन वन कार्यालयका कर्मचारी र स्थानीय रातभर नियन्त्रणमा खटिएका छन् ।

तानसेन नगरपालिकाले फोहोर फाल्दै आएको वनदेवी क्षेत्रबाट सल्केको डढेलो दुई किलोमिटर क्षेत्रमा फैलिएको डिभिजन वन कार्यालयका प्रमुख नारायणदेव भटराईले जानकारी दिए ।

निस्दी, माथागढी, तानसेन नगरपालिका, तिनाउ, रैनादेवी छहरालगायतका स्थानीय तहका जंगलमा केही दिनयता डढेलो फैलिएको छ । डढेलो नियन्त्रणमा स्थानीय उपभोक्ताको खासै चासो नदेखिएकाले जंगलमा जतासुकै डढेलो फैलिएको हो ।

निस्दीको ज्यामिरे, मित्याल, माथागढीको गोठादी, रहवास, बहादुरपुर, तिनाउको झुम्सा, दोभान, कचल, तानसेनको पिपलडाँडा, रैनादेवी छहराको जुठापौवा, सत्यवती लगायतका स्थानमा डढेलो लागेको छ ।

बढ्दो खडेरीसंगै जिल्लाको सामुदायिक र सरकारी जंगलमा लागेको डढेलोले हजारौं हेक्टर जंगलका काठ, दाउरा, जडीबुटी तथा नयाँ पालुवा जलेर नष्ट भएको छ।

पाल्पाका ३८ वटा सामुदायिक वनमा जिल्लाभर डढेलो लाागिरहेको छ भने ३५ वटा सामुदायिक वनमा नियन्त्रणमा आएको छ । ६ सय हेक्टर जंगलमा डढेलो लागिसकेको डिभिजन वन कार्यालयले जनाएको छ । जिल्लामा ७ सयभन्दा बढी सामुदायिक वन उपभोक्ता समूह छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित