लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

पाल्पाका ५८ सामुदायिक वनमा एक सातायता भीषण डढेलो

पाल्पा । पाल्पाका चुरे र महाभारत क्षेत्रमा पर्ने ५८ भन्दा बढी सामुदायिक वन अन्तर्गतका जंगलमा एक सातायता भीषण डढेलो फैलिएको छ ।

पाल्पा सदरमुकाम तानसेन नजिकैको वनदेवी सल्लेरी जंगलमा भीषण डढेलो लागेपछि नियन्त्रण गर्न डिभिजन वन कार्यालयका कर्मचारी र स्थानीय रातभर नियन्त्रणमा खटिएका छन् ।

तानसेन नगरपालिकाले फोहोर फाल्दै आएको वनदेवी क्षेत्रबाट सल्केको डढेलो दुई किलोमिटर क्षेत्रमा फैलिएको डिभिजन वन कार्यालयका प्रमुख नारायणदेव भटराईले जानकारी दिए ।

निस्दी, माथागढी, तानसेन नगरपालिका, तिनाउ, रैनादेवी छहरालगायतका स्थानीय तहका जंगलमा केही दिनयता डढेलो फैलिएको छ । डढेलो नियन्त्रणमा स्थानीय उपभोक्ताको खासै चासो नदेखिएकाले जंगलमा जतासुकै डढेलो फैलिएको हो ।

निस्दीको ज्यामिरे, मित्याल, माथागढीको गोठादी, रहवास, बहादुरपुर, तिनाउको झुम्सा, दोभान, कचल, तानसेनको पिपलडाँडा, रैनादेवी छहराको जुठापौवा, सत्यवती लगायतका स्थानमा डढेलो लागेको छ ।

बढ्दो खडेरीसंगै जिल्लाको सामुदायिक र सरकारी जंगलमा लागेको डढेलोले हजारौं हेक्टर जंगलका काठ, दाउरा, जडीबुटी तथा नयाँ पालुवा जलेर नष्ट भएको छ।

पाल्पाका ३८ वटा सामुदायिक वनमा जिल्लाभर डढेलो लाागिरहेको छ भने ३५ वटा सामुदायिक वनमा नियन्त्रणमा आएको छ । ६ सय हेक्टर जंगलमा डढेलो लागिसकेको डिभिजन वन कार्यालयले जनाएको छ । जिल्लामा ७ सयभन्दा बढी सामुदायिक वन उपभोक्ता समूह छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित