प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु                
समाचार :

‘घुमौं लुम्बिनी’ टिकटक प्रतियोगिताको घोषणा

२५६७ औं बुद्धजयन्तीको अवसरमा बुद्धजन्मस्थल लुम्बिनीको प्रवद्र्धन गर्ने उदेश्यले ‘घुमौं लुम्बिनी’ शिर्षकमा टिकटक प्रतियोगिताको घोषणा गरिएको छ । लुम्बिनी विकास कोषले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा बुद्धजन्मस्थल लुम्बिनीको प्रचार प्रचार र प्रवद्र्धन गर्ने गरि घुमौं लुम्बिनी टिकटक प्रतियोगिताको घोषणा गरेको हो ।

कोषका सदस्य सचिव सानुराजा शाक्यले मंगलबार एक प्रेस विज्ञप्ती जारी गरि प्रतियोगिताका लागि देश विदेशका प्रतियोगिहरुका लागि खुल्ला आह्वान गरिएको जानकारी दिनुभएको छ । भगवान बुद्धको जन्मस्थल लुम्बिनीलाई बुद्ध धर्म र विश्व शान्तिको मुहानका रुपमा प्रवद्र्धन गर्ने गरि सृजनात्मक रुपमा टिकटक भिडियो बनाउनुपर्ने जनाइएको छ ।

प्रतियोगितामा सहभागी हुनका लागि घुमौं लुम्बिनी डटकममा आफ्नो नाम, सम्पर्क नम्बर र टिकटक खाता दर्ता गर्नुपर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ । बैशाख १० गतेदेखि २० गतेसम्म प्रतियोगिहरुले भिडियो बनाउनुपर्ने र २१ गते घोषणा गरिनेछ । पछिल्लो सामाजिक सञ्जालका रुपमा टिकटक लोकप्रिय भइरहेको बेला बुद्धजन्मस्थल आन्तरीक र बाह्य पर्यटक आर्कषित गर्न प्रभावकारी हुने भएकाले घुमौं लुम्बिनी टिकटक प्रतियोगिता गरिएको हो ।

प्र्रतियोगितामा भाग लिन इच्छुक प्रतियोगितहरुले नाम दर्ता गरेपछि दिइएको विषयवस्तुमा मौलिक र सृजनात्मक टिकटक छोटो भिडियो बनाउनुपर्ने छ । प्रतियोगितहरुमध्ये बिशेषज्ञ मूल्यांकन समितिले विजेता छनौट गर्ने र विजेतालाई नगद सहित अन्य उपहाबाट पुरस्कृत गरिने जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

चैत १७ गते संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराँतीको अध्यक्षतामा लुम्बिनीमा बसेको बोर्ड लुम्बिनी विकास कोषको बैठकले बुद्ध जयन्तीको अवसरमा टिकटक प्रतियोगिता गर्ने निर्णय गरेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित