३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

बुटवलमा चर्को गर्मी, ४० डिग्री सेल्सियस तापक्रम पुग्यो

बुटवल र भैरहवामा ह्वात्तै गर्मी बढेको छ । मंगलबार भैरहवा र नेपालगन्जमा नेपालमै सबैभन्दा धेरै ४१ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । दिउसो २ बजेर २५ मिनेटको तापक्रम मापन अनुसार बुटवलमा ४० डिग्री सेल्सियस तापक्रम छ । तापक्रम मापनमा विश्वव्यापीरुपमा विश्वसनीय मानिने एक्कुवेदर डटकमका अनुसार बढ्दो तापक्रमका कारण बुटवलको हावाको गुणस्तर एकदमै खराब (नाजुक) देखिएको छ । वायु प्रदुषण हुने र यसले बालबालिका, बृद्धबृद्धा र विरामीको श्वास प्रस्वासमा असर पुर्‍याउने चिकित्सकहरु बताउंछन् ।
यस्तो गर्मीमा अत्यावश्यक काम वाहेक घर बाहिर ननिस्कन, निस्कुनु परे छाता ओढेर हिंड्न र प्रशस्त पानी पिउनुपर्ने सुझाव फिजिसियन डाक्टर नन्दु पाठकको छ ।

बढ्दो गर्मीसंगै झाडा पखाला,लगायतका मौसमी रोगहरुको संक्रमण बढ्ने भएकाले स्वास्थ्यमा विशेष सतर्कता अपनाउनुपर्ने डा। पाठकको सुझाव छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित