लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा अजयमान श्रेष्ठ

लुम्बिनी प्रदेश सरकारले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा अजयमान श्रेष्ठलाई नियुक्त गरेको छ ।

लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले बुटवल–५ अमरपथ निबासी उद्योगी श्रेष्ठलाई लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बुटवलका रैथाने बासिन्दा ५३ वर्षीय श्रेष्ठले त्रिभुवन विश्वविद्यालय अन्तर्गत शंकरदेव क्याम्पस काठमाडौंबाट स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् । उनी यसअघि रुपन्देही उद्योगसंघको वरिष्ठ उपाध्यक्ष र महासचिवको रुपमा समेत काम गरेका थिए । लुम्बिनी बाणिज्य क्याम्पस बुटवलको पुर्व प्राध्यापक रहेका प्रतिष्ठित उद्योगी श्रेष्ठ रेडक्रस र परिवार नियोजन संघमा आजीवन सदस्य रहेका छन् भने रोटरी क्लव अफ बुटवलमा २००८–००९ मा अध्यक्ष बनेका थिए भने २०१२–१३ मा एसिस्टेन्ट गभर्नर बनेका थिए ।

श्रेष्ठका बुबा पुर्व प्रधानपन्च हुन् । लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त भएपछि बुटवल टुडेलाई प्रतिक्रिया दिंदै श्रेष्ठले अस्पतालको कुशल व्यवस्थापनमा आफ्नो मुख्य ध्यान रहने बताए । “बुटवलबासीको नाताले आफ्नो बुटवल आफै बनाउने गरी अगाडि बढ्ने मेरो अठोट छ । यसका लागि सामान्य नागरिकले उपचार गर्ने सरकारी अस्पतालको व्यवस्थापकीय पक्ष सुधार्नु जरुरी छ”–उनले भने ।

श्रेष्ठले सञ्चार उद्यमीको रुपमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । २०५४ सालदेखि दैनिक जनसंघर्ष, बुटवल टुडे, दैनिकपत्र हुँदै पत्रिकाको संस्थापक प्रवन्ध सञ्चालकको भूमिका समेत निर्वाह गरेका श्रेष्ठले व्यावसायिक पत्रकारिताको विकासमा समेत ठूलो योगदान पु¥याएका छन् ।

त्यस्तै मन्त्रिपरिषदको बैठकले सदस्यमा लक्ष्मी खनाललाई नियुक्ती गर्ने निर्णय गरेको मुख्यमन्त्रीका स्वकिय सचिव अमृत गिरीले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित