लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

बुटवललाई खिज्याइरहेको मुख्य सडक

बुटवलको केन्द्रमा रहेको साढे ३ किलोमिटर सडक निर्माण सुरु भएको ६ वर्ष पुग्दा पनि भौतिक प्रगति ३० प्रतिशतभन्दा बढेको छैन ।

स्थानीय तह र संघीय तथा प्रदेश निर्वाचनमा एमालेका उम्मेदवारविरुद्ध प्रचारको मसला बनेको यो बाटो स्थानीय तह चुनाव भएको एक वर्ष पूरा हुन लाग्दा पनि सम्पन्न हुने कुनै सुरसार छैन ।

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवलको चौराहा-चिडियाखोला सडक खण्डको साढे तीन किलोमिटर सडक २०७३ चैत १७ गते ठेक्का सम्झौता भएको थियो । २०७६ असोज १२ गते काम सक्नुपर्ने भए पनि अझै निर्माण अस्तव्यस्त अवस्थामा छ । सडक निर्माण सम्झौताको ६ वर्ष पूरा भइसकेको छ ।


सडक डिभिजन कार्यालय बुटवलका प्रमुख इन्जिनियर होमबहादुर एसीले ठेकेदारले सक्रियता देखाउँदै सडक सम्याउने तथा केही ठाउँमा कालोपत्रे गरे पनि अझै प्रभावकारी काम नगरेको बताए । उनले सडकको कामलाई तीब्र बनाउन पटक-पटक दबाब दिएको जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित