
बुटवलको केन्द्रमा रहेको साढे ३ किलोमिटर सडक निर्माण सुरु भएको ६ वर्ष पुग्दा पनि भौतिक प्रगति ३० प्रतिशतभन्दा बढेको छैन ।
स्थानीय तह र संघीय तथा प्रदेश निर्वाचनमा एमालेका उम्मेदवारविरुद्ध प्रचारको मसला बनेको यो बाटो स्थानीय तह चुनाव भएको एक वर्ष पूरा हुन लाग्दा पनि सम्पन्न हुने कुनै सुरसार छैन ।
सिद्धार्थ राजमार्गअन्तर्गत बुटवलको चौराहा-चिडियाखोला सडक खण्डको साढे तीन किलोमिटर सडक २०७३ चैत १७ गते ठेक्का सम्झौता भएको थियो । २०७६ असोज १२ गते काम सक्नुपर्ने भए पनि अझै निर्माण अस्तव्यस्त अवस्थामा छ । सडक निर्माण सम्झौताको ६ वर्ष पूरा भइसकेको छ ।
सडक डिभिजन कार्यालय बुटवलका प्रमुख इन्जिनियर होमबहादुर एसीले ठेकेदारले सक्रियता देखाउँदै सडक सम्याउने तथा केही ठाउँमा कालोपत्रे गरे पनि अझै प्रभावकारी काम नगरेको बताए । उनले सडकको कामलाई तीब्र बनाउन पटक-पटक दबाब दिएको जानकारी दिए ।