रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

राजनीतिलाई उद्दोग बनाउनेहरुबाट देश लुटियो – चित्रबहादुर केसी

  • रक्तिमको चौथौ राष्ट्रिय सम्मेलन बुटवलमा शुरु
  • बुटवल। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशी विदेशी शक्ति मिलेर देश लुटिरहंदा पनि सत्तामा वस्नेहरु बोल्न नसकेको बताएका छन् ।

    विदेशी शक्ति केन्द्रको नेपालमा हस्तक्षेप बढ्दा पनि आफुलाई ठुलो दलको नेता बताउनेहरु मौन बसेको आरोप लगाए ।

    शुक्रबारदेखि बुटवलमा शुरु भएको रक्तिम सांस्कृतक अभियानको चौथौ राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा बोल्दै अध्यक्ष केसीले राजनीति गर्नेहरु नीजि स्वार्थमा लाग्न नहुने बताए ।

    प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका पूर्वउपप्रधानमन्त्री अध्यक्ष केसीले भने – सत्ता र शक्तिमा बसेकाहरु आफुलाई ठुलो दलको नेता भन्नेहरुले राजनीतिलाई उद्योग बनाएर देशलाई लुटेका छन् ।

    सरकार जनताप्रति उत्तरदायी बन्न नसकेको बताउंदै राज्यले नै नेपालमा भएका उद्योग कलकारखाना बेचेकाले देशलाई चाहिने युवा जनशक्ति अहिले बाध्यताले विदेश पलायन हुनुपरेको बताए ।

    लोकतान्त्रिक गणतन्त्र ल्याउन लागेका दलहरुबाटै यो व्यवस्था खतरामा रहेकाले सचेत हुन अध्यक्ष केसीको आग्रह छ ।

    उहांले सामम्यावादी व्यवस्थामा पुग्ने राष्ट्रिय जनमोर्चाको बाटो अफठ्यारो रहेको उल्लेख गर्दै राजनीतिक, आर्थिक क्रान्तिसंगै सांस्कृतिक क्रान्ति आवश्यक रहेको बताए ।

    संघीयता असफल भैसकेको दावी गर्दै हिजो संघीयताका पक्षधरहरु अहिले संघीयताको बिरोधमा लागेकाले अब प्रदेश खारेज गरी देशलाई आर्थिक भारबाट मुक्त गर्नुपर्ने बताए ।

    एमसीसी, एसपीपी जस्ता विदेशी परियोजनाहरु नेपालको हितमा नभएको बताउंदै विकासको नाममा नेपाललाई युद्दस्थल बनाउन नपाइने बताए ।

    राष्ट्रिय सभा सदस्य तुलबहादुर विकले नेपालमा राजनीतिक हस्तक्षेप बढेको बताए ।

    कार्यक्रममा नेकपा मसालका लुम्बिनी प्रवक्ता तिलकबहादुर जीसी, अखिल नेपाल युवक संघका अध्यक्ष कृष्णराज पाण्डे, प्रगतिशील पत्रकार संघ, नेपालका अध्यक्ष श्यामलाल पोखरेल, अखिल नेपाल उद्योग व्यापार संघका अध्यक्ष ढुण्डिराज शर्मा, तराई– जनवादी मोर्चाका अध्यक्ष बद्रे आलम, अखिल छैठौंका अध्यक्ष देवेन्द्र कुवंर, अखिल नेपाल बुद्विजीवि संगठनका दुर्गानाथ खरेल, अखिल नेपाल किसान संघका रुकबहादुर पराजुली, अखिल नेपाल महिला संघकी सम्झना सुवेदी, अखिल नेपाल जनजाती सम्मेलनका महासचिव अमरध्वज राना, अखिल नेपाल जनसांस्कृतिक महासंघका कविराज पौडेल,जनसांस्कृतिक महासंघ समाजवादीका शेरजङ गुरुङ, राष्ट्रिय जनसांस्कृतिक महासंघका तिलक लामिछाने लगायतले बोलेका थिए ।

    चौथौ सम्मेलनको अवसरमा रक्तिमका संस्थापक राजेश विश्वकर्मा र रेम रानालाई सम्मान गरिएको छ ।

    रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष गिरीप्रसाद बुढाको अध्यक्षता, महासचिव जीवन शाहीको सञ्चालन र उपाध्यक्ष हेमराज आश्रमको स्वागतमा कार्यक्रम भएको थियो ।

    यही बैशाख ३ गतेसम्म वा तीन दिनसम्म चल्ने सम्मेलनले नयां नेतृत्व चयन गर्ने छ ।

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार

    साताको चर्चित