लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा                
समाचार :

आजदेखि नयाँ वर्ष २०८०, भव्य रुपमा मनाइँदै

आजदेखि नयां बर्ष विक्रम संवत २०८० शुरू भएको छ । नयां बर्ष २०८० को आज पहिलो दिन वैशाख १ गते, नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइंदैछ । नव वर्ष २०८० सालको हार्दिक मङ्गलमय शुभकामना । हरेक नकारात्मक शक्तिहरूलाई २०७९ मै छाडेर सकारात्मक उत्साह र ऊर्जा लिएर अघि बढौँ । सबैलाई सुख, सुस्वास्थ्य र समृद्धिको कामना ।

यस वर्ष त नव वर्ष भन्दा पनि नव दशक नै सुरु भएको छ ।

७० को दशक वाट अब ८० को दशकमा पाइला टेक्दै छौँ । पछिल्लो दशकमा हामीले धेरै उतारचढाव अनि रुपान्तरणहरु देख्यौँ । चाहे भूकम्प होस् या संविधान, अनेक ग्रह गोचर, अनेक कल्पना भित्र र बाहिरका कुराहरू सहित यस दशकले बिदा मागेको छ ।

आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन हो ।
यस दिनलाइ वैशाख सङ्क्रान्ति अर्थात मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिनको रूपमा लिने गरिन्छ । विक्रम ६० संवत सरमध्ये एक र आदित्य सूर्यसंग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत भनिएको हो । सूर्य मेष राशिमा प्रवेश गर्दा शुरु भएर मीन राशि छोड्दा यो संवत्को पूरानो वर्ष सकिएर नयां वर्ष शुरू हुने भएकाले वैज्ञानिक रहेको विद्वानहरुको भनाइ छ । सौरमान र चान्द्रमानको समन्वय पनि यो संवतमा भएको छ ।
कलियुग शुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत शुरू भएको हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता र असफलता मुल्याकंन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं संकल्प गर्दछन ।
आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीभाई तथा इष्टमित्रसंग भेटघाट गरी एकापसमा शुभकामना व्यक्त गर्ने गरिन्छ । नयां वर्षका अवसरमा नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवं शिक्षण संस्थामा सार्वजनिक बिदा दिने चलन छ ।

नयां बर्ष २०८० को अवसरमा तिनाउ न्यूज परिवार सम्पूर्ण पाठक, विज्ञापनदाता र सुभेच्छुकहरूको लागि नयां बर्ष सुखमय बनोस भन्ने कामना गर्दछ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित