दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

बुटवल, भैरहवामा अब राईड सेयरिङ सेवा ‘ट्याव गो’ सुरु हुँदै

बुटवल । बुटवल, भैरहवा लगाएतका स्थानमा अव राईड सेयरिङ सेवा ‘ट्याव गो’ सञ्चालन हुने भएको छ । काठमाडौंमा प्रधान कार्यालय रहेको ट्याव गो सोलुसन प्रा.लि नेपालले बुटवल, भैरहवामा लगाएतका क्षेत्रमा राईड सेयरिङ सेवा सञ्चालन गर्न लागेको हो ।
अहिले कम्पनीले टेक्निकल काम गरिरहेको छ भने ट्याक्सी दर्ताको काम भइरहेको कम्पनीका बुटवल प्रमुख अर्जुन तिवारीले बताए । यात्रुहरुलाई सर्वसुलभ मुल्यमा सुरक्षित यात्रा गराउने उद्देश्यले राईड सेयरिङ सेवा ‘ट्याव गो’ सुरु गर्न लागेको उनले बताए । यो सेवा बुटवल, भैरहवा पछि बर्दघाट, कपिलबस्तुको ४ नं., चन्द्रौटा क्षेत्रमा विस्तार हुने उनको भनाई छ ।
मोबाईलमा ‘ट्याव गो’ एप डाउनलोड गरेपछि सर्वसाधारणले मोटरसाईकल, अटो र ट्याक्सी लाई आफूले चाहेको ठाउँमा बोलाउन सक्नेछन । बुटवल र भैरहवाको मुख्य बजारबाट जिल्ला भित्रका जुनसुकै स्थानबाट आफूलाई जानुपर्ने गन्तब्य उल्लेख गरेर आग्रह गरिएपछि नजिकैको ट्याक्सी, मोटरसाईकल तथा अटो यात्रु सामु आईपुग्छ । ट्याव गो सोलुसन प्रा.लि नेपालले आफ्नो यात्रुहरुको सुरक्षा र उनीहरुको सामानको सुरक्षालाई विशेष ध्यान दिइने जनाएको छ । ट्याक्सी चालकको सबै विवरण कम्पनीसँग हुने छ । यात्रु कुनै पनि सवारीमा चढेपछि मात्रै बिल चढ्न सुरु हुने कम्पनीले जनाएको छ ।
हाल ट्याक्सी, अटो र मोटरसाईकल बाट यो सेवा दिने कम्पनीले जनाएको छ । ट्याक्सीका लागि प्रति किलोमिटर ५५ रुपैयाँ मुल्य तोकिएको छ भने अटोका लागि प्रतिकिलोमिटर ३२ र मोटरसाईकलका लागि प्रति किलोमिटर १८ रुपैया निर्धारण गरिएको उनले बताए । ट्याक्सी र अटो कालो नंं प्लेट भएका प्रा.लिमा आबद्ध भएका छन भने मोटरसाईकल नीजि आबद्ध हुनेछन् । मोटरसाईकलका लागि आवेदन प्राप्त भइरहेको आवश्यकता अनुसार छनोट गरिने कम्पनीका बुटवल शाखाका कर्मचारी बुद्धिप्रसाद घिमिरेले बताए । बुटवल, भैरहवा क्षेत्रका लागि पहिलो चरणमा करिब तीन सय ट्याक्सी मार्फत सेवा दिन लागिएको उनले बताए । त्यस्तै अटो १५० र मोटरसाईकल २ सय वटा सेवा दिईने उनको भनाई छ ।
कम्पनीले यात्रु र चालकको विमा समेत गरेको छ । हाल एन्वएड मात्र सार्वजनिक भएको ‘ट्याव गो’ एप केही दिनमै एप स्टोरमा उपलब्ध हुने कम्पनीका अर्का सदस्य सोमनाथ अर्यालले जानाकारी दिए । बुटवल, भैरहवा लगाएतका शहरमा बैशाख भित्र नै यो सेवा सुरु गर्ने तयारी भएको उनको भनाई छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित