बुटवलमा जेन जी पुस्ताको प्रदर्शन प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य                
समाचार :

सियारीका २५० घरधुरीलाई गाउँ व्लक अन्तरगतको जग्गा पुर्जा बितरण

बुटवल । रुपन्देहीको सियारी गाउँपालिकाले गाउँ व्यलक अन्गरगतका २ सय ५० घर धुरीलाई जग्गा धनी लाल पुर्जा बितरण गरेको छ ।
नापि कार्यालय रुपन्देहीको समन्वयमा सियारी गाउँपालिकाले बडा नम्बर २, ४ र ५ का २ सय ५० घर धुरीलाई पुर्जा बितरण गरिएको सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए ।
अध्यक्ष घिमिरे ५ गाउँ व्लकको २५० जग्गा धनी पुर्जा बितरण गरिएको बताउनु भयो । उहाँले लामो समयको पहल र मेहनत पछि सियारीबासीले जग्गा पुर्जा हस्तान्त्रण गर्न सकिएको बताए ।
लामो समय देखि जोत भोग गरेका जग्गा धनीले पुर्जा नपाउदा कुनै पनि बैकिङ कारोववार गर्न नपाएका जग्गा धनीले अब आबश्यक परेको बेला बैकिङ कारोवार गरी आफ्नो काम अगाडि बढाउन सहज हुने बताए ।
२०२५ सालमा नापिमा छुटेका तर, शुरुको नापि हुदाँ देखि नै जोगभोग गरेपनि लालपुर्जा नपाएका नागरिकलाई जग्गा धनी पुर्जा बितरण गरिएको हो ।
रुपन्देहीमा १ हजार ८०० गाउँँव्लकको नापि भएको मध्ये १ हजार १५० गाउँव्लकको पुर्जा बितरण गर्न बाकि रहेको नापि कार्यालयका प्रमुख सुग्रिव यादवले जानकारी दिए ।
उनले सियारीमा १ सय १५ गाउँ व्लक मध्ये ३५ बटा व्लकको मात्र बितरण गर्न बाँकी रहेको बताए ।
सियारी गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृत रोमनाथ न्यौपानेले सियारीमा १ सय १५ गाउँ व्लक मध्ये ३५ वटाको मात्र बितरण गर्न बाँकि रहेकाले बाकि रहेका गाउँ व्लकको पनि छिट्टै नै बितरण गर्ने गरी तयारी अगाडि बढाईएको बताए ।
जग्गा धनी पुर्जा पाएपछि स्थानिय दङग् छन् । उनीहरुले लामो समय पछि आफुहरु जग्गाको मालिम हुन पाउदाँ निकै खुसी भएको बताएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित