निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

समृद्धिको लक्ष्य हासिल गर्नु सरकारको मुख्य कार्यभारः उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले समृद्धिको लक्ष्य हासिल गर्नु नै वर्तमान सरकारको मुख्य प्राथमिकता भएको बताएका छन् । उनले सामाजिक, आर्थिक रुपान्तरणसँगै विकास र समृद्धि हासिल गरेर आमजनताको जीवनमा परिवर्तन गर्नुपर्नेमा जोड दिँदै सरकार यसैमा केन्द्रित रहेको दावी गरे ।

मंगलबार प्रेस सेन्टर नेपाल, रुपन्देहीले भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेकपा माओवादीका नेता समेत रहेका उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘राजनीतिक परिवर्तनलाई राजनीतिक परिवतर्नमा मात्र सीमित नराखेर यसका माध्यमबाट आमजनताको जीवन फेर्नु, समृद्धिमा गुणात्मक फड्को मार्दै लक्ष्य हासिल गर्नु सरकारको अहिलेको मुख्य प्राथमिकता हो । यही उद्देश्यलाई केन्द्रविन्दुमा राखेर सरकारले काम गरिरहेको छ ।’

उनले यससँगै सरकारले नेपालको राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता, स्वाभिमान र हीतको रक्षा गर्ने, राष्ट्रिय एकतालाई सुदृढीकरण गर्दै अघि बढ्ने, संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवादको रक्षा गर्ने, यसको अपहरण हुन नदिने, शान्ति प्रक्रियालाई पूरा गर्ने, संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम पूरा गर्ने काममा लागि परेको जनाए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित