निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

दुई सय बढी उपकरण प्रयोग गरेर धमाधम बन्दै बुटवल–नारायगढ सडक (तस्वीरहरु)

पूर्वपश्चिम राजमार्गको बुटवल-नारायणगढ खण्डमा अहिले धमाधम काम भइरहेको छ ।

सडक निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जीनियरिङ कर्पोरेशन लिमिटेडका कन्ट्रयाक्ट म्यानेजर (ठेक्का व्यवस्थापक) राजेश झाले हालसम्म तीन किलोमिटर बढी कालोपत्र गरिएको जानकारी दिए ।

सडक विस्तारका लागि निर्माण कम्पनीले एक हजार बढी जनशक्ति तथा दुई सय बढी उपकरण प्रयोग गरिरहेको उनको भनाइ छ । “सडक विस्तारका लागि ८० टिपर, ३० वटा एक्साभेटर, १३ सेट रोलर र १३ सेट ग्रेडर तथा डोजरसहितका उपकरण प्रयोग भइरहेका छन्”, उनले भने, “कम्पनीको आफ्नै दुईवटा कङ्क्रिट उत्पादन गर्ने प्लान्ट तथा एउटा अक्सपाल्ट (कालोपत्र गर्न आवश्य पर्ने अलकत्रासहितको सामग्री उत्पादन गर्ने) प्लान्ट निर्माण गरेका छौँ ।” डण्डामा रहेको अक्सपाल्ट प्लान्टबाट उत्पादित सामग्री आवश्यक तापक्रम मिलाएर कालोपत्र गर्ने ठाउँसम्म लगेर कालोपत्रको काम भइरहेको उनको भनाइ छ ।

उनले दुई लेयर कालोपत्र सँगसँगै गर्दै आएको बताए । “हामीले सुरुमा छ सेन्टिमिटर अक्सपाल्ट गरेका छौँ, त्यसको दुई दिनमै पुनः चार सेन्टिमिटर अक्सपाल्ट थप गर्दै कामलाई छोट्याएका छौँ”, उनले भने, “यसरी काम गर्न अप्ठ्यारो हुने भए पनि प्रगति देखिने भएकाले सँगसँगै दुई लेयर कालोपत्रको काम गरेका हौँ ।” यस आर्थिक वर्षभित्र ५० प्रतिशत काम गर्ने लक्ष्य रहेको भए पनि वर्षातलगायतका कारण काममा असहज भए पनि ४५ प्रतिशत लक्ष्य भेट्टाउने ठेक्का व्यवस्थापक झाले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित