लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

प्रगतिशील पत्रकार संघ नेपालको अध्यक्षमा श्यामलाल पोखरेल

प्रगतिशील पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय सम्मेलन बुटवलमा सम्पन्न भएको छ । शुक्रबारदेखि सञ्चालन भएको राष्ट्रिय सम्मेलनले नयाँ नेतृत्व चयन गर्दै शनिबार सम्पन्न भएको उक्त सम्मेलनले १५ बुंदे बुटवल घोषण पत्रसमेत जारी गरेको छ ।

सम्मेलनले श्यामलाल पोखरेलको अध्यक्षतामा २३ पूर्ण र ८ वैकल्पिक गरी ३१ सदस्यीय केन्द्रीय समितिसहित ८ सदस्यीय सल्लाहकार चयन गरेको छ । प्रगतिशील पत्रकार संघ नेपालको उपाध्यक्षमा विनोद पौडेल, महासचिव प्रकाश थापामगर, सचिव ताराप्रसाद शर्मा र गोपाल प्रसाद भट्टराइ, कोषाध्यक्षमा प्रज्ववल पहाडी चयन भएृका छन् ।

यस्तै,सदस्यहरु नारायण गिरी, लक्ष्मी चौधरी, विद्यानाथ अधिकारी, शंकरप्रसाद पोख।ेल, तिलक गाउँले, मोहन बेलबासे, जुमानसिंह केसी, जितेन्द्र खत्री, शुक्र भण्डारी, हरि न्यौपाने, प्रकाश छन्त्याल, हरिकिशोर महतो, टंक अवस्थी, रमेश पौडेल, विनोद परियार, अमिर बास्कोटा चयन रहेका छन् ।

वैकल्पिक सदस्यहरुमा विशाल कार्की, रोशन दानी, सोमनाथ अधिकारी र कुलदीप न्यौपाने लगायत चयन भएका छन् । यस्तै, सम्मेलनले, सुमन अधिकारी, रामनारायण सुवेदी, डबल बोगटी, बैरागी जेठा, शशि सापकोटा, इश्वरी भण्डारी, भाषा शर्मा र किरण आचार्यलाई सल्लाहकार चयन गरेको छ ।

सम्मेलनले बुटवल घोषणा पत्रसंगै संगठनको प्रतिवेदन, विशेष प्रस्ताव र आर्थिक प्रतिवेदन पारित र विधान संशोधन गरेको छ ।रुपन्देहीको बुटवल पूर्व–पश्चिम राजमार्गको झण्डै मध्यक्षेत्र र आवश्यक पूर्वाधार रहेकाले बुटवललाई मिडिया हव कोरुपमा विकास गर्नुपर्ने प्रगतिशील पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय सम्मेलनले बुटवल घोषणा पत्रमा मा गरेको छ ।

नव निर्वाचित अध्यक्ष श्यामलाल पोखरेलले व्यवसायिक पत्रकारितासंगै राजनीतिक रुपमा मिसन पत्रकारितालाई राष्ट्रियतासंग जोड्नुपर्ने बताए ।  श्रमजीवि पत्रकारहरुका समस्या समाधान गर्नका लागि राज्यलाई खबरदारी गर्ने अध्यक्ष पोखरेलले प्रतिवद्दता जनाएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित