लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको अध्यक्षमा लेखनाथ भण्डारी निर्वाचित

बुटवल । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको २२ औं साधारणसभा एवं ११ औं अधिवेशन बाट अध्यक्षमा लेखनाथ भण्डारी निर्वाचित भएका छन् ।

भण्डारीले ५५० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी बाबुराम गौतमले ४५२ मत प्राप्त गरे ।
संघकाे बरिस्ठ उपाध्यक्ष पदमा माधव कुमार खनाल,पर्यटन उपाध्यक्षमा राेमाकान्त पाण्डे, प्रथम उपाध्यक्षमा टंक प्रसाद पराजुली (प्रकाश) द्वितीय उपाध्यक्षमा प्रेम प्रसाद भट्टराई ,महासचिवमा अर्जुन थापा,सचिवमा थमन बहादुर भण्डारी ,सहसचिवमा अर्जुन पोखरेल र सह काेषाध्यक्षमा माधव ढकाल निर्वाचित भएका छन् । कोषाध्यक्ष पदमा भने रामबहादुर न्यौपाने यस अघि नै निर्विरोध निर्वाचित भईसकेका छन्।
महासचिवमा निर्वाचित अर्जुन थापा, प्रथम उपाध्यक्षमा निर्वाचित प्रेम प्रसाद भट्टराई, सचिव थम्मन भण्डारी र सहसचिवमा निर्वाचित अर्जुन पाेखरेल लेखनाथ भण्डारी प्यानलबाट उम्मेदवार बनेका थिए।

त्यसैगरी सदस्यहरुमा भने दुई जना सदस्य बाहेक ९ सिट बावुराम गाैतम प्यानलले जितेको छ। मतगणनाकाे अन्तिम परिणाम अनुसार सदस्य पदमा एक बहादुर गाहा मगर,केशवराज पाण्डे, एकदेव पाण्डे,कमला पाण्डे, दामाेदर पाैडेल, धनकुमारी शर्मा,नारायण प्रसाद श्रेष्ठ, बावुराम अर्याल,मुरारी पाण्डेय,सिता ढकाल र सुन्दर कुमार श्रेष्ठ बिजयी भएका छन् ।२०५६ सालमा स्थापना भएको संघमा हाल रुपन्देहीका १ हजार २ सय ३ व्यवसायी आवद्ध रहेकाेमा १०७० जनाले मतदानमा भागलिएका थिए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित