
होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको २२ औं साधारणसभा एवं ११ औं अधिवेशन अन्तर्गत अहिले मतगणनाजारी छ ।
कुल ७ सय मतगणना हुदा अध्यक्षका उम्मेदवार लेखनाथ भण्डारी अगाडि छन् । ७ सय मतगणना हुदा भण्डारीले ३५१मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी बाबुराम गौतमले ३०९ मत प्राप्त गरेा छन् । गौतम भन्दा भण्डारी ४२ मतलेअगाडी छन्।
व्यवसायीहरुले अलगअलग दुईवटा प्यानल बनाएर निर्वाचनमा प्रतिष्पर्धा गरेका छन् । एमाले निकट होटलव्यवसायीहरुले बाबुराम गौतमको नेतृत्वमा एकल प्यानल खडा गरेर चुनावी मैदानमा छन् भने काँग्रेस लगायत गठबन्धनदल निकट व्यवसायीहरु लेखनाथ भण्डारीको नेतृत्वमा छुट्टै प्यानल बनाएर चुनावी प्रतिष्पर्धामा छन् । हेर्नुस पुरा विवरण।