लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको २२ औँ साधारण सभा सम्पन्न

पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको २२ औँ साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको मुख्यमन्त्री लिला गिरीले उद्घाटन गरे । सो अवसरमा बोल्दै उनले   देशको उत्पादन र प्राकृतिक श्रोत र साधनको सही सदुपयोग गर्न सकेमा देशको व्यापार घाटा कम गर्न सकिने र अर्थतन्त्रमा देखिएको सङ्कटलाई सही बाटोमा हिँडाउन सकिने बताए ।

नेपालमा आर्थिक संकट कम गर्ने उपायका रुपमा ढुङ्गा तथा गिट्टी बालुवा बेच्न र बनमा रहेको काठको सही सदुपयोग गर्नुपर्ने उनले प्रस्ताव राखे ।
कार्यक्रममा यातायात क्षेत्रका अगुवाहरूले आफूहरूले समय अनुकूलको भाडा पाउन नसकेको गुनासो गर्दै भारतीय ट्रकहरूले निर्बाध रुपमा ओभरलोड बोकेर गुड्दा नेपाली ट्रक व्यवसायीहरू धाराशाही हुनुका साथै सडक भत्केर राष्ट्रको लगानी डुबेको बताएका थिए ।

कार्यक्रममा संस्थागत धारणा राख्नुहुँदै अध्यक्ष यमप्रसाद पाण्डेले विशुद्ध नेपाली निजी क्षेत्रबाट सञ्चालित सार्वजनिक यातायात क्षेत्रले रोजगारी र अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याएको भएपनि राज्यको स्पष्ट कानुन नहुँदा यस क्षेत्रमा लगानी गरेका व्यवसायीहरू पलायन हुनुपर्ने अवस्था आएको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित